कटारीमा खानेपानीको समस्याः दमकलबाट वितरण गर्दै नगरपालिका

कटारीमा खानेपानीको समस्याः दमकलबाट वितरण गर्दै नगरपालिका

  • आइतवार, जेष्ठ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

कटारी (उदयपुर), १७ जेठः यहाँको कटारीमा खानेपानीको अभाव भएको छ । कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले एक सातादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो । कटारी नगरपालिका-३, ४ र ५ मा पानीको समस्या देखिएको हो ।

यसैबीच, गर्मीमा खानेपानी अभाव भएपछि कटारी नगरपालिकाले आजदेखि नगरको दमकलबाट पानी वितरण सुरु गरेको छ । “स्थानीयलाई गर्मीमा पिउने पानीको समस्या नहोस् भनेर दमकलबाट टोलटोलमा पानी वितरण सुरु गरेका छौँ”, नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले भन्नुभयो, “उपभोक्ता संस्था देखिएको प्राविधिक समस्या समाधान गरी नियमित पानी वितरण गर्न अझै समय लाग्ने भएपछि दमकलले पानी पुर्‍याउन थालेका हौँ ।”

आज बिहान कटारी-४ डाँडाटोलका स्थानीय पानी अभाव भएको भन्दै रित्तो गाग्रीसहित पानी माग्न नगरप्रमुखको घर पुगेका थिए । “पानी नभएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन पनि समस्या हुन थालेपछि हामी नगरप्रमुखको घर गएका हौँ”, स्थानीय केदार रानामगरले भन्नुभयो, “यस्तै अवस्था रहिरहे खाना खाने थाल धुन पनि पानी अभाव हुनेछ ।”

कटारी बजारका होटलसहित स्थानीयलाई समस्या भएको रानामगरको भनाइ छ । अटो रिक्सामार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनुपर्ने बाध्यता रहेको भन्दै पिउने पानीका लागि नगरले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । खानेपानी आयोजनाको मोटर (पानी तान्ने उपकरण) पटकपटक बिग्रिँदा समस्या आउने गरेको भन्दै विकल्पमा अर्को मोटर राख्नुपर्ने स्थानीयको माग छ ।

संस्थाका अध्यक्ष विष्णु पौडेलले नयाँ मोटर ल्याउन लागिएको जनाउँदै सम्भवतः भोलि दिउँसोसम्ममा आइपुग्ने बताउनुभयो । सोमबार मोटर आएमा बेलुकासँग जडान गरी मङ्गलबारदेखि नियमित पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

“मोटर भारतबाट ल्याउन लागिएको थियो । उक्त मोटर विराटनगर भन्सारमा रोकिएपछि काठमाडौँबाट अर्को मगाएका छौँ । सोही कारणले केही ढिलाइ भएको हो । मङ्गलबारसम्म यो समस्या समाधान हुनेछ”, अध्यक्ष पौडेलले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ