टिकटकर तुल्सा अधिकारीलाई सोमबार अदालत पेश गरिने

टिकटकर तुल्सा अधिकारीलाई सोमबार अदालत पेश गरिने

  • आइतवार, जेष्ठ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

१७ जेठ, काठमाडौं । थाइल्याण्डबाट पक्राउ परेकीटिकटकर तुल्सा अधिकारीलाई सोमबार अदालत पेश गरिएको भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार आज सार्वजनिक बिदा भएकाले भोलि सोमबार मात्रै अधिकारीलाई अदालत पेश गरिने भएको हो ।

प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएकी अधिकारी थाइल्याण्डबाट पक्राउ परेकी थिइन् ।

थाइल्याण्ड प्रहरीले पक्राउ गरेपछि नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो । इन्टरपोलको सहयोगमा उनलाई शनिबार राति काठमाडौं ल्याइएको हो । अहिले उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।

उनी चीनमा बस्दै आएकी थिइन् । प्रहरीले अनुसन्धान अघि बढाएपछि उनले सामाजिक सञ्जालबाटै प्रहरीमाथि आक्रोश पोखेकी थिइन् ।

‘म भदौ १९ गतेसम्म नेपालमै थिएँ । मलाई कुनै खोजखबर गरिएन । चीन आएपछि पक्राउ पुर्जी जारी भएको थाहा पाएँ । मेरो मान्छेहरू प्रहरीमा बुझ्न जाँदा प्रहरीले जाहेरी देखाएन’ तुल्साले भनेकी थिइन् ।

त्यसपछि प्रहरीले भ्रम नर्छन भन्दै विज्ञप्ती नै निकालेको थियो । कुमार चिमोरिया नाम गरेका व्यक्तिले उनीविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए ।

यसको अनुसन्धान गर्दा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा पनि जोडिइन् । त्यसपछि २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण विभागबाट सुझाव समेत लिएर उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिएको थियो ।

अहिले भने उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धिकरणको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको एसपी मिश्रले बताए ।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भइसकेको छ ।

अब उनलाई सोझै अदालत पेश गरिन्छ । त्यसपछि थुनछेक बहसपछि पुर्पक्षमा थुनामा पठाउने वा साधारण तारेख र धरौटीमा रिहा गर्ने मध्ये एक आदेश आउने छ । अदालती काम भने भोलि सोमबारबाट सुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ