रावलको अदालतलाई प्रश्नः मुद्धा चलिरहेका गिरीलाई न्यायाधिशमा पुनर्वहाली किन ?

रावलको अदालतलाई प्रश्नः मुद्धा चलिरहेका गिरीलाई न्यायाधिशमा पुनर्वहाली किन ?

  • बिहिबार, जेष्ठ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

२०८३ जेठ १४ गते । काठमाडौं । मुद्धाबाट सफाई नपाउँदै भूवन गिरीलाई न्यायाधीशमा पुनर्वहाली गरिएको भन्दै पीडित आरती रावल आमरण अनसन जाने भएकी छन् । बिहिवार राजधानीको संवाद डबलीमा रावलले पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला जिल्ला न्यायाधीश गिरीलाई तत्काल निलम्बनको मागसमेत गरेकि छन् ।

पीडित रावलले तीनै तहका अदालतमा निज गिरीविरुद्ध मुद्धा चलिरहेको बखत महान्यायाधीवक्ताको कार्यालयबाट मुद्धा नचल्ने निर्णय गराई उनलाई पुनर्वहाली गरिएको आरोप लगाइन् ।

सत्ता र शक्ति दुरुपयोग गरेर आफूले न्याय नपाउँदै पीडक गिरीलाई पुर्नवहाली गर्नु कानुनी राज्यको धज्जी उडाईको रावालको जिकिर छ । “गैर कानुनी राजनीतिक नियुक्ती पाएका गिरीको सर्वोच्च अदालतमा बलात्कार मुद्दा विचाराधिन रहेकोले न्यायाधीश भुवन गिरीलाई तुरुन्त निलम्बन गरियोस्” रावलले भनिन् ।

विगतका समयमा अदालतप्रति जनताको आश मर्दै गए पनि वर्तमान समयमा त्यसप्रति भरोसा बढ्दै गएको बताउँदै रावलले भनिन्,“बालेन सरकारले न्यायालयको शुद्धिकरणको संकेत दिएको हो भने, भुवन गिरीलाई तत्काल निलम्बन गरेर देखाओस्,सर्वोच्च अदालत मेरा मिसिलका एक एक प्रमाणहरु केलाएर मलाई न्याय गरियोस् ।”

विगतमा अदालत पनि शक्तिको प्रभावमा परेको आरोप लगाउँदै रावलले प्रश्न गर्दै भनिन्,“के न्यायाधीशलाई कानुन लाग्दैन ? निष्पक्ष हुन्छ भनेको अदालतबाट अपराधी न्यायाधीशको संरक्षण किन ? तीनै तहका न्यायालयबाट सफाई नपाउँदै पुर्नवहाली किन ? नैतिकता आधारमा पनि उनि न्यायाधीश जस्तो पदमा बस्न मिल्छ ?”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ