१३ जेठ, काठमाडाैं । सरकारले स्वास्थ्य उपचार बीमा कार्यक्रम यहि जेठ १६ गतेबाट राेक्ने निर्णय गरे पनि अस्पतालहरूले भने आजैबाट स्वास्थ्य बीमामार्फत गरिने उपचार नीजि अस्पतालहरूले राेकेका छन् ।
सिनामंगलस्थित केएमसी अस्पतालले हिजाे १२ जेठमा बीमितकाे उपचार सेवा जेठ १६ गतेदेखि स्थगन गर्ने भने। सार्वजनिक सूचना निकाल्याे । तर उसले गम्भीर अवस्थाका बिरामीकाे शल्यक्रिया लगायत गम्भीर उपचार बन्द गरेकाे छ ।
पूर्ववत् मिति अनुसार काभ्रे, रामेछापबाट नसा सम्बन्धी शल्यक्रिया गर्न आएका बिरामी अलपत्र परेका छन् । स्वास्थ्य बीमा बाेर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले जारी गरेकाे सूचनामा यहि जेठ १६ बाट मात्र इमर्जेन्सी (आकस्मिक) सेवा बाहेकका सबै बन्द गर्ने कुरा प्रष्टसित लेखिएकाे छ, तर केएमसीका काउण्टरले माथिकाे निर्देशन भन्दै बीमाका बिरामी भर्ना गर्न मानेकाे छैन ।
अहिले अस्पतालमा सेवाग्राहीले जेठ १४ र १५ गते बीमामार्फत हुने उपचार सेवा पाउनु पर्ने भन्दै आक्राेश व्यक्त गरिरहेका छन् ।
