सिँचाइका लागि जडान भएका १० वटा ट्रान्सफर्मर चोरी

सिँचाइका लागि जडान भएका १० वटा ट्रान्सफर्मर चोरी

  • शुक्रबार, जेष्ठ ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

जनकपुरधाम, ८ जेठ: धनुषा तथा महोतरी जिल्लामा भूमिगत सिँचाइका लागि जडान भएको १० वटा डिपटयुवेलको ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ सुविधा अवरुद्ध भएको छ ।

मधेस प्रदेश जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालयका निमित प्रमुख एवं इञ्जिनियर अमलेश यादवका अनुसार धनुषा जिल्लाको औरही वडा नं १ को पौडेश्वर, औरही वडा नं २ को परवाहा, नगराइनको फूलगामा तथा महोतरीको पिपरा गाउँपालिकाको बनौली, मटिहानीको धिरापुर, मनरासिस्वाको सरपल्लो, बर्दिवासको पशुपतिनगर, जलेश्वरको पिगौना तथा वलवा नगरपालिकाको वडा नं –११ मा ती ट्रान्सफर्मर चोरी भएको बताइएको छ ।

एउटा ट्रान्सफर्मर जडान गर्दा रु छ लाख पर्ने उहाँको भनाइ छ । उहाँका अनुसार विगत तीन वर्षमा ती ट्रान्सफर्मर चोरी भएका हुन् । ट्रान्सफर्मरमा तामाको क्वायल जडान हुने र सोही कारण चोरी हुने गरेको उहाँको भनाइ छ ।

आकासे पानीको भरमा नहर एवं नदीनालाबाट सिँचाइको व्यवस्था नभएको अवस्थामा यो सुविधा राम्रो भएको महोतरी बर्दिवास वडा नं २ का किसान रमेश साहले बताउनुभयो ।

डिभिजन कार्यालयद्वारा धनुषा तथा महोतरी जिल्लाको ग्रामीण क्षेत्रमा जडान गरिएको डिप ट्युववेल तथा पावरड्रिलबाट सिँचाइ सुविधा भइरहेको छ । चालू आर्थिक वर्षमा १०० वटा पावरड्रिल जडान गर्ने योजना रहेको तर बजेट कटौतीले समस्या भएको निमित्त प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा एउटा मात्र डिपटयुवेल जडान गरिएको छ ।

एउटा डिपटयुवेलबाट ४० बिघा खेत सिञ्चित हुने गरेको छ । महोतरी तथा धनुषा जिल्लामा हालसम्म ३५ वटा डिपटयुवेल जडान भएका छन् । एउटा डिपटयुवेलको संरचना निमार्णदेखि सञ्चालन गर्दाको अवस्थासम्म रु एक करोडभन्दा बढी रकम लाग्ने गरेको छ ।

हाल महोतरी तथा धनुषा जिल्लामा हालसम्म ५० वटा पावरड्रिल निर्माण भई सञ्चालनमा रहेको सो कार्यालयका इञ्जिनियर यादवले जानकारी दिनुभयो । एउटा पावरड्रिलबाट नौ बिघा जमिनमा सिँचाइ हुने गरेको छ । एउटा पावरड्रिल निर्माणदेखि सञ्चालनसम्ममा रु १६ लाख लाग्ने गरेको छ । अहिलेसम्म ५० वटा पावरड्रिल निमार्णमा रु एक करोड २९ लाख ६० हजार खर्च भएको कार्यालयको भनाइ छ । गत आर्थिक वर्षयता ८१ पावरड्रिल निर्माण गरिएको छ ।

सो दुवै जिल्लामा डिपटयुवेल तथा पावरड्रिलवाट एक हजार ८५० बिघा जमीनमा सिँचाइ भइरहेको छ । उपरोक्त डिपटयुवेल निर्माणको काम उपभोक्ता समितिबाट हुन्छ । मधेस प्रदेश सरकारअन्तर्गत रहेको सो कार्यालयको चालू आर्थिक वर्षमा बजेट विनियोजन कम भएकोमा काममा समस्या आउने त्यहाँका कर्मचारीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ