गुठी संरक्षण तथा व्यवस्थापन तालिम : कमलपोखरीका १६ गुठीका पदाधिकारी सहभागी

गुठी संरक्षण तथा व्यवस्थापन तालिम : कमलपोखरीका १६ गुठीका पदाधिकारी सहभागी

  • शुक्रबार, बैशाख २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

काठमाडौं – अफ्नै गुठी/गौशाला रहेको कमलपोखरी क्षेत्रका गुठी संस्था तथा धार्मिक सम्पदासँग सम्बन्धित पदाधिकारीहरूलाई गुठी संरक्षण तथा व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ।

ललितपुरका गुठी संस्थानको सहयोगमा ‘अफ्नै गुठी’ संस्थाले उक्त तालिमको आयोजना गरेको हो। गुठी संरक्षण, कानुनी पक्ष, अभिलेख व्यवस्थापन, तथा नियमावली कार्यान्वयनजस्ता विषयमा सहभागीहरूलाई आवश्यक जानकारी दिइएको थियो।

कमलपोखरी क्षेत्रमा रहेका करिब १६ वटा गुठी संस्थाका सचिव, कोषाध्यक्षसहित ४५ जना पदाधिकारी सहभागी रहेको उक्त तालिममा अफ्नै गुठीकी कार्यक्रम अधिकृत गीता अर्यालले तालिमको सञ्चालन गरेकी थिइन्।

तालिममा अफ्नै गुठीका कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठले गुठी संरक्षणका विभिन्न सैद्धान्तिक पक्षहरूबारे जानकारी गराएका थिए। त्यस्तै, ललितपुर गुठी संस्थानका सहायक निरीक्षक विदुर भट्टराईले नियमावलीको कार्यप्रणाली, अभिलेख रेकर्डलगायत विधिगत पक्षबारे प्रशिक्षण दिएका थिए।

यस कार्यक्रममा ललितपुर गुठी संस्थानका प्रमुख निरीक्षक कृष्णप्रसाद न्यौपानेले गुठी व्यवस्थापनमा सरकारले गरिरहेको सहजीकरणबारे जानकारी गराएका थिए। तालिममा सहभागी पदाधिकारीहरूले तालिम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।

तालिमले पुराना गुठीहरूको अभिलेख सुरक्षित राख्ने, पारदर्शी ढङ्गले सञ्चालन गर्ने, र गुठी सम्पत्तिको दुरुपयोग हुनबाट रोक्ने विधिका बारेमा सहभागीहरूलाई उपयोगी मार्गदर्शन दिएको आयोजकले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ