इन्द्रचोकमा पेस्तोल ताकेर गहना पसलमा लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

इन्द्रचोकमा पेस्तोल ताकेर गहना पसलमा लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

  • बुधबार, बैशाख २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

२३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका-२९ इन्द्रचोकस्थित एक ज्वेलरी (गहना पसल) मा पेस्तोल ताक्दै लुटपाटको प्रयास गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेका छन्।

राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो भने महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरूले गत १७ वैशाखमा इन्द्रचोककै एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुट्ने प्रयास गरेका थिए। तर, पसलमा रहेकी एक महिलाले उनीहरूको प्रतिकार गर्दै भगाइदिएकी थिइन्। उक्त घटनाको सीसीक्यामेरा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

प्रहरीका अनुसार यही समूहले यसअघि २१ पुसमा काठमाडौं–२५ मांसान गल्लीमा रहेको एउटै होलसेल पसलमा यसैगरी पेस्तोल देखाएर २ तोलाको सुनको सिक्री, चार लाख रुपैयाँ नगद, दुई थान मोबाइल र सीसीक्यामेरा लुटेर लगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए।

पक्राउ परेकाहरूबाट प्रहरीले चाइजिज पेस्तोल, एक थान म्यागजिन, एक थान गोली, एक थान नक, घटनामा प्रयोग भएका लुगाहरू तथा एक स्कुटर बरामद गरेको एसपी भट्टराईले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ