काभ्रेको रोशी खोलामा फसेका ५ गाडी र ६० बढी यात्रुको उद्धार

काभ्रेको रोशी खोलामा फसेका ५ गाडी र ६० बढी यात्रुको उद्धार

  • मङ्लबार, बैशाख २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काभ्रे – अविरल वर्षापछि रोशी खोलाको पानीको सतह बढेपछि सडक कटान हुँदा त्यहाँ फसेका पाँचवटा गाडी र झण्डै ६० जना यात्रुलाई सुरक्षित उद्धार गरिएको छ।

उद्धारको घटना काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ चारसय बेसीजिल्लो रहेको रोशी खोला क्षेत्रमा भएको हो।

सशस्त्र प्रहरी बलका एक अधिकारीका अनुसार बाटो पूर्ण रूपमा बगाएपछि पाँचवटा हायस र ती सवारीमा सवार यात्रुहरू त्यहीँ अलपत्र परेका थिए। उनीहरूलाई सशस्त्र प्रहरीले डोरी, डोजर र एक्स्काभेटरको प्रयोग गरी सुरक्षित निकालेको हो।

खोलामा गाडी तथा यात्रु फसेको खबर पाउनासाथ नम्बर १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेस भकुण्डेबाट प्रहरी टोली तुरुन्त घटनास्थल पुगेको थियो।

त्यसैगरी, सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग खण्डअन्तर्गत रोशी गाउँपालिका–७ लासटोलबाट काठमाडौंतर्फ आउँदै गरेको १५० भन्दा बढी सवारी साधनलाई रोकी राखिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ