सरकारको सम्पर्कमा १ हजार ८१६ सुकुमबासी परिवार, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरित

सरकारको सम्पर्कमा १ हजार ८१६ सुकुमबासी परिवार, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरित

  • सोमवार, बैशाख २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौँ उपत्यकाका बागमती र सहायक नदी किनारका अवैध संरचना भत्काएपछि सोमबारसम्म जम्मा १ हजार ८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा पुगेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयका अनुसार ती परिवारका कूल ७ हजार ७८९ जना नागरिकले आफूलाई सुकुम्बासी दाबी गर्दै सम्पर्कमा आएका हुन्।

सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ। दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएको सचिवालयले जनाएको छ।

सरकारले सुकुमबासीको व्यवस्थापनका लागि कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रमा होल्डिङ सेन्टर सञ्चालन गर्दै आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ