२० बैशाख, काठमाडाैं । अनानगर पारिपट्टि क्षेत्रमा पर्ने धाेबीखाेलाकाे किनार मिचेर बनाइएका राताे पँहेलाे रंगराेगन भएका ८ तले घर आइतबार दिउँसाे सरकारले भत्काइदिएकाे छ ।
शनिबार नै भत्काउने याेजना बनेकामा लालपूर्जाभित्रका जग्गा भएकाे दाबी घरवालाले गरेपछि प्रशासनसहित बसेर घरकाे प्रमाण हेर्दा किनार मिचेर बनाइएकाे पुष्टि भएपछि आज डाेजर लगाएर भत्काइएकाे हाे । भत्काउने क्रममा जनपथ, सशस्त्र र महानगर प्रहरी व्यापक संख्यामा परिचालन गरिएकाे थियाे । केही खाेला वारिपारि सडकमा सवारी राेकेका थिए ।
भत्काउने निश्चित भएपछि त्यहाँ भाडामा बसेका र कार्यालय चलाएकाहरू सामान, फर्निचर निकाल्न धाै परेका देखिन्थे । चाैथाे तल्लसम्म मात्र डाेजरले झ्याल-ढाेका खसाल्याे भने बाँकी तल्ल मेशिन लगाएर काट्ने बताइएकाे छ । घरकाे भुईँ तल्ला र दाेस्राे तल्लासम्म पिलरबाहेक सबै संरचना भत्काएका छन् ।
पाँचाै, छैठाैं र साताैं तल्लाका सामान डाेरीकाे सहायतामा भूईँमा झारिरहेका छन् । सामान ओसारपासर क्रम चलिरहेकाे छ । याे घर करिब ६ वर्षापहिले मात्र एमालेका कार्यकर्ता ईन्द्रबहादुर चाम्लिङ राई दम्पत्तिले बनाएका थिए । पूर्वी क्षेत्रका उनी केहि समयपहिले मात्र एमाले छाडेर हर्कराज साम्पाङ राई नेतृत्वकाे श्रम संस्कृति पार्टीमा प्रवेश गरेर राजनीति गर्दै आइरहेकाे खुलेकाे छ ।
घर सडकलाई साँघुराे पार्दै बनाइएपछि स्थानीय मात्र नभई सरकारले निगरानीमा राख्दै आएकाे र हाल सुकुमवासी बस्ती र नदीकिनार र ऐलानी जग्गा मिचेर बनाइएका घर टहरा भत्काउने अभियानका क्रममा राईकाे याे घर पनि भत्काइनेका परेकाे सरकारकाे भनाई छ । घर अगाडि सडकबिचमा पिपल रूख रहेकाे छ ।
राईकाे उक्त घरबाहेक करिब ८० मिटर दक्षिणमा सडक छेउमा अर्काे ३ तले घर पनि छ । किनार मिचिएका उक्त घरकाे पनि केही भाग यसअघि नै महानगरले भत्काइसकेकाे छ । हालका घर भने महानगरले भत्काउन नसकेर बच्दै आइरहेकाे स्थानीयकाे भनाई छ ।
हालसम्म सरकारले काठमाडाैंमा मनाेहरा खाेला वारिपारि, बाग्मती नदी किनारमा थापाथली, सिनममंगल, गैरीगाउँ, शंखमुल, वंशीघाट, रानीबारी, बालाजु माछापाेखरी लगायत क्षेत्रमा अवैध वस्ती डाेजर लगाएर हटाइसकेकाे छ । बाँकीलाई पनि निरन्तर हटाउँदै जाने बताएकाे छ ।
विभिन्न क्षेत्रबाट हटाइएकाे वास्तविक सुकुमवासीलाई पहिचान गरेर उनीहरूलाई स्थायी बसाेबासकाे व्यवस्था गर्ने काम भइरहेकाे र हाल अस्थायी बास र गाँसकाे व्यवस्था गरिएकाे सरकारकाे भनाई छ। नाम दर्ता छुटेका सुकुमवासीलाई सरकारकाे सम्पर्कमा आउनसमेत शहरी विकास मन्त्रालयले अनुराेध गरेकाे छ ।
यही बैशाख १२ गते काठमाडाैं थापाथली सुकुमवासी बस्तीबाट अवैध बस्ती हटाउने क्रम आजसम्म देशभर फैलिएकाे छ । कतिपय स्थानमा विकल्पबिना हटाउँदा सुकुमवासीले सास्ती खेप्न विवश भएकाे भन्दै सडक विराेध कार्यक्रम पनि चल्न शुरू भएकाे छ ।


