काठमाडाैं उपत्यकामा दर्कियाे पानी, चट्याङ र हुण्डरी भीषण

काठमाडाैं उपत्यकामा दर्कियाे पानी, चट्याङ र हुण्डरी भीषण

  • बुधबार, बैशाख १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

१६ बैशाख, काठमाडाैं । काठमाडाैं उपत्काका तीन वटै जिल्लामा भारी वर्षा भइरहेकाे छ । आज बेलुका करिब ५ः०७ बजे शुरू भएकाे वर्षा अझै दर्किरहेकाे अवस्था छ ।

माैसम विभागले गरेकाे पूर्वानुसार नै याे वर्षा हुरी, बतास र चट्याङसहित देशका पूर्व-पश्चिम क्षेत्रमा परेकाे छ । रामेछाप दाेलखा, सिन्धुपाल्चाेक, काभ्रेमा दुई घण्टा पहिले भारी वर्षा भएकाे थियाे ।

दर्किएकाे पानीले गर्दा काठमाडाैंका सडकमा सवारी आवगमन समेत प्रभावित बानेकाे छ ।केही दुई पांग्रे सवारी हुरीका कारण सडकमै ढलेका पनि छन् । छाता भएका धेरै पैदल यात्रुकाे छाता वेगकाे हुरीबाट भाँचिएकाे छ । उनीहरू गन्तव्यमा पुग्न समस्यामा परेका छन् । आकाशाा बाक्लाे कालाे बादल ढाकेकाले साँझ नपर्दै  अँध्याराे जस्तै भएकाे छ ।

वर्षा अलिक कमजाेर बनेपनि अहिले जारी छ । विभिन्न स्थानमा बिजुली लाइान समेत गएकाे छ । हुण्डरीबाट भाैतिक र मानवीय क्षति भएनभएकाे जानकारी प्राप्त भएकाे छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी