वरिष्ठ चलचित्र कलाकार सुनिल थापाको निधन भएको छ। चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो।
नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकामा उनी बढि देखिएका छन्। थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए।
परिवारका अन्य सदस्य भारतको मुम्बई बस्ने भए पनि थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए। थापाको निधनमा कलाकारहरुले दुःख व्यक्त गरेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline