मानवअधिकार, लोकतन्त्र र सुरक्षाका नाममा विश्वभर अमेरीकी दादागिरी : यसको पछिल्लो शिकार भेनेजुएला

मानवअधिकार, लोकतन्त्र र सुरक्षाका नाममा विश्वभर अमेरीकी दादागिरी : यसको पछिल्लो शिकार भेनेजुएला

  • मङ्लबार, पुस २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई राजधानीमा आक्रमण गरेर कब्जा गरी अमेरीकाले आफ्नै देशमा लगेर यतिखेर नेल र हतकडी लगाएर राखिएको छ । यो एक सार्वभौम देशमाथिको दादागिरी र स्वयं अमेरीकी नेताहरुकै अनुसार पनि यो गलत र निन्दनीय कार्य हो ।

प्राकृतिक स्रोत साधनमाथिको नियन्त्रण र रणनीतिक एवं सैन्य उदेश्य पूरा गर्न अमेरीकाले गर्ने यस्तो हमलालाई लोकतन्त्र, मानव अधिकार र सुरक्षाको नाम दिने गरेको छ ।

जनवरी ३ मा अमेरीकाले भेनेजुएलामाथि गरेको आकमणको स्वार्थ पनि उर्जा संसाधन, भुराजनीतिक बर्चस्व एवं रणनीतिक नियन्त्रणकै लागि भएको स्पष्ट देखिएको छ । मदुरोपछि अन्तरीम राष्ट्रपतिलाई समेत ट्रम्पले अमेरीकाले भनेको नमाने मदुरो भन्दा अझ बढी नराम्रो हुने भन्दै धम्क्याईरहकेका छन् ।

भेनेजुएलामा ३ सय अर्ब ब्यारेल तेलको भण्डार र १० हजार टन सुनको भण्डार रहेको छ । जसमाथि अमेरीकाले नजर लगाईरहेको छ । यस अघि ह्युगो चावेजले तेल कम्पनीहरुको राष्ट्रियकरण गरेर जनतामा निशुल्क श्वास्थ्य शिक्षाको प्रवन्ध गरेका थिए ।

ईराकमा रासायनिक हतियार, अफ्गानिस्तानमा आतंकवाद लिवियामा नागरिक सुरक्षा र भेनेजुएलामा लोकतन्त्रको बहाली र ड्र्रग माफिया बिरुद्धको कार्बाही अमेरीकाले आक्रमण अघि उठाएको मुद्धा हो ।

ईराकमा आक्रमण गर्दा सन् २००३ मा अमेरीकाका तात्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले रासायनिक हतियार भएको भन्दै हमला गराएका थिए तात्कालीन ईराकी राष्ट्रपतिलाई मृत्युदण्डै दिईएको थियो तर पछि कुनै पनि रासायनिक हतियार भएको प्रमाणित भएको थिएन ।

पछि अमेरीकाले ईराकी तेल भण्डारणहरु हात पारेर आपुर्ति प्रणालीमा आफ्नो दबदबा बनाईरहेको छ ।

सेप्टेम्बर ११ को अमेरीकाको ट्वीन टावर हमला पछि अफ्गानिस्तानमा आतंकवादका नाममा अमेरीकाले सबै भन्दा लामो युद्ध लड्यो र २० वर्षे युद्धपछि अमेरीका सन् २०२१ मा रणनीतिक विफलता सहित छाडेर हिँडेको थियो ।

सनु २०११ मा लिवियामा नागरिक सुरक्षाका नाममा अमेरीका नेतृत्वको नाटोले हस्तक्षेप गर्यो । तात्कालिन राष्ट्रपति मोउमर गद्धाफीको हत्या समेत गरायो तर अहिले पनि लिवियामा शान्ति भएको छैन ।

अहिले ईरान, क्युवा कोलम्बिया जस्ता देशमा ट्रम्पले धम्की दिईरहेका छन् ।

अमेरीकाले संसारभर दबाब, हस्तक्षेप, हत्या, आक्रमण जस्ता श्रृखला जारी राख्दा प्रतिध्रुवमा उभिएका चीन रुस जस्ता शक्तिले यो हस्तक्षेप रोक्न सकिरहेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी