भेनेजुएलाका राष्ट्रपतिलाई अमेरीकाले कब्जा गरेर न्यूयोर्क पुर्यायो

भेनेजुएलाका राष्ट्रपतिलाई अमेरीकाले कब्जा गरेर न्यूयोर्क पुर्यायो

  • आइतवार, पुस २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

२० पुस, काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई कब्जा गरेर न्यूयोर्क पुर्‍याएको छ । अब भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी काराकास लगायतका शहरमा आक्रमण गरेको थियो । लगत्तै मादुरो दम्पतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाको नियन्त्रणमा रहेका मादुरोको फोटो सार्वजनिक गरेर मादुरो दम्पतीलाई नियन्त्रणमा लिइएको औपचारिक जानकारी दिएका थिए । साथै ट्रम्पले फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै भेनेजुएलामा नयाँ सरकार नबनुन्जेल अमेरिकाले शासन चलाउने बताएका छन् । अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मादुरो र उनकी पत्नीविरुद्ध कानुनी मुद्दा चलाइने जनाएको छ ।

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणको रूस, चीन, कोलम्बिया, ईरान , क्युवा लगायत देशले निन्दा गरेका छन् ।

रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले भेनेजुएलामाथि सशस्त्र आक्रमण गरेको छ, जुन गम्भीर चिन्ताको विषय हो र यसको निन्दा गरिनुपर्छ ।’

कोलम्बियाले पनि चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघको चार्टर अनुसार कुनै पनि एकपक्षीय सैन्य कारबाही अस्वीकार्य हुने बताएको छ ।
आक्रमणबाट सैन्य संरचनामा कति क्षति भयो र कति मानिस हताहत भए भन्नेबारे अझै स्पष्ट विवरण आएको छैन ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले मृतक र घाइतेको विवरण संकलन भइरहेको बताएका छन् । उनले विदेशी सैनिकको उपस्थितिको विरोध गर्ने चेतावनी दिंदै देशभर सैन्य बल परिचालन गरिएको घोषणा गरेका छन् ।

स्पेनी भाषामा जारी भिडियो सन्देशमा उनले यसलाई ‘भेनेजुएलामाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण’ भन्दै जनतालाई एकजुट हुन आह्वान गरेका छन् । उनले भने, ‘हामीमाथि आक्रमण भयो, तर हामी झुक्ने छैनौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी