काठमाडौं : टर्कीमा भएको हवाई दुर्घटनामा लिबियाका सेना प्रमुखको मृत्यु भएको छ। लिबियाका प्रधानमन्त्रीले सेना प्रमुखको निधन भएको पुष्टि गरेका छन्।
मंगलबार साँझ टर्कीको राजधानी अंकाराबाट उडेको फाल्कन ५० विमानमा जनरल मोहम्मद अली अहमद अल-हद्दाद र अन्य चारजना सवार थिए।
त्रिपोली जाँदै गरेको जेटले सम्पर्क विच्छेद हुनुअघि आपतकालीन अवतरणको लागि अनुरोध गरेको थियो। विमानको भग्नावशेष अंकाराको दक्षिणपश्चिममा फेला परेको थियो। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline