जेनजी योद्धाको हत्यापछि बंगलादेशमा तनाव

जेनजी योद्धाको हत्यापछि बंगलादेशमा तनाव

  • शनिबार, पुस ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं । जेनजी आन्दोलनबाट बंगलादेशमा परिवर्तनको झन्डा फहराएर विश्वलाई सन्देश दिएका जेनजी योद्धा सरिफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा हिंसा फैलिएर तनाव बढेको छ । शेख हसिनाविरुद्ध लडेका विद्यार्थी नेताको अज्ञात समूहले हत्या गरेपछि बंगलादेशमा भड्किएको हिंसाले १२ फेब्रुअरीमा हुने भनेको निर्वाचन प्रभावित हुने आशंका गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध भएको आन्दोलनका एक कमान्डर हादी इन्कलाब मञ्चका सदस्यसमेत रहेका थिए । हादी आगामी फेब्रुअरीको निर्वाचनका सम्भावित उम्मेदवार पनि थिए । ढाका–८ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रचार गरिरहेका उनलाई ढाकाको मस्जिदबाट निस्कने क्रममा गोली प्रहार भएको थियो ।

टाउकामा गोली लागेर गम्भीर घाइते भएका उनलाई १५ डिसेम्बरमा हेलिकोप्टरबाट सिंगापुर लगिएको थियो । उनको उपचारका क्रममा निधन भएको खबर पाएलगत्तै बंगलादेशमा हिंसा भड्किएको हो । प्रदर्शनकारीले ढाकास्थित प्रथम आलो र डेली स्टार पत्रिका, धानमन्डी–३२ स्थित शेख मुजिबुर रहमानको घर र छायानाट संस्कृति भवनमा आक्रमण, तोडफोड र आगजनी गरेका छन् ।

बिहीबार मध्यरातदेखि आक्रोशित भएर आन्दोलनमा निस्किएका जेनजी आन्दोलन समर्थक तथा प्रदर्शनकारीले आन्दोलन चर्काएका छन् । बीबीसी बंगलाका अनुसार हादीको मृत्युपछि राजधानी ढाकाका प्रमुख महŒवका क्षेत्रमा विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका प्रमुख नेता हादीलाई गत शुक्रबार निर्वाचन प्रचारका क्रममा गोली लागेको थियो ।

विद्यार्थी आन्दोलन चर्किएपछि शेख हसिना बंगलादेशको सत्ता छाड्दै ५ अगस्ट २०२४ मा भारत निर्वासित भएकी थिइन् । हसिना अहिले पनि भारतकै शरणमा छिन् भने उनलाई बंगलादेशको अदालतले मृत्युदण्डलगायतको सजाय सुनाइसकेको छ ।

जेनजी आन्दोलनको प्रभावस्वरूप हसिना बंगलादेश छाडेर भागेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार छ । अन्तरिम सरकारले १२ फेब्रुअरी २०२६ का लागि आमनिर्वाचन घोषणा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी