अमेरीकाले बन्द गर्यो डिभी कार्यक्रम , अमेरीका जान चाहनेको सपनामा ब्रेक

अमेरीकाले बन्द गर्यो डिभी कार्यक्रम , अमेरीका जान चाहनेको सपनामा ब्रेक

  • शुक्रबार, पुस ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 30.4K
    SHARES

अमेरीकाले डिभी कार्यक्रम बन्द गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने घोषणा गरेकी छन्।

ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गृहमन्त्री नोएमले डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने निर्णय भएको बताएकी हुन्। गोलीकाण्डमा संलग्न भएका व्यक्ति डिभी लोटरी कार्यक्रमबाटै ८ वर्षअघि अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले त्यस्तो निर्देशन दिएको भनेर न्यूयोर्कबाट प्रकाशन हुने सिबिएस न्युजले जनाएको छ।

गृहमन्त्री नोएमले त्यसको जानकारी आफ्नो एक्स अकाउन्टमा पोस्ट लेखेर पनि दिएकी छन्। ुयस्तो अपराधीलाई हाम्रो देशमा पस्न दिनु हुँदैन थियो, उनले भनेकी छन्।

अधिकारिहरूका अनुसार क्लाउडिओ म्यानुएल नेभेस भ्यालेन्टी नाम गरेका ४८ वर्षीय पोर्चुगिज नागरिक सन् २०१७ मा डिभीमार्फत अमेरिकामा प्रवेश गरेका थिए। अमेरिका प्रवेशको केही वर्षपछि उनले ग्रीन कार्ड पाएका थिए।

उनी २००० मा विद्यार्थी भिसामा ब्राउन विश्वविद्यालयमा स्नातकोत्तर पढ्न अमेरिका आएका थिए। त्यसको दुई वर्षमै उनी कलेजबाट बाहिरिएका थिए।
गोलीकाण्डको घटनापछि अमेरिकाले आप्रवासी नीतिमा कडाइ गरेको छ। सीमानामा पट्रोलिङ बढाउनेसँगै अन्य माध्यमबाट अमेरिका प्रवेश गर्ने माध्यममा समेत कडाइ गरेको छ।

गत महिना वाशिङ्टन डिसीस्थित ह्वाइट हाउसनजिक भएको गोलीकाण्डको घटनापछि विभिन्न मुलुकहरूका नागरिकलाई अमेरिका प्रवेशमा समेत रोक लगाएको छ। त्यस्तै विभिन्न देशका नागरिकहरूले प्राप्त गरेको ग्रीन कार्ड समेत पुनरवलोकन गर्ने निर्णय गरेको थियो।

सिबिएस न्युजका अनुसार डिभी कार्यक्रम १९९० को दशकदेखि लागू भएको थियो। जसअन्तर्गत हरेक वर्ष आप्रवासन दर न्यून भएका देशका ५० हजार नागरिक लैजाने गरेको छ।

अहिले उक्त कार्यक्रममा सहभागी हुन माध्यमिक शिक्षा अनिवार्य रूपमा पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। यो व्यवस्था लागू भए अमेरीका जान चाहने दशौ लाख मानिसको सपनामा ब्रेक लाग्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी