एमाले केन्द्रीय कमिटीमा विधान संशोधनको निर्णय, पदाधिकारी १९ जना

एमाले केन्द्रीय कमिटीमा विधान संशोधनको निर्णय, पदाधिकारी १९ जना

  • आइतवार, मंसिर २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

११ औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो। स्थायी कमिटी सदस्य शेरबहादुर तमाङका अनुसार विधान संशोधन गरेर पदाधिकारी १९ जना र केन्द्रीय कमिटी ३०१ जनाको बनाउने निर्णय भएको छ। यसअघि भदौमा भएको दोस्रो विधान महाधिवेशनमा पदाधिकारी १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय भएको थियो।

तर, आज भएको संशोधन अनुुसार अब पदाधिकारी १९ जना रहने छन्। जसमा अध्यक्ष, उपाध्यक्ष ५, महासचिव, उपमहासचिव ३ र सचिव ९ जना रहने छन्। केन्द्रीय कमिटी ३०१ जनाको हुँदा पोलिटब्युरो ९९ सदस्यीय हुने छ। स्थायी समिति भने पोलिटब्युरोको एक तिहाई हुने छ।

केन्द्रीय कमिटी बैठका आएको प्रस्तावमा धारणा राख्दै विधान संशोधन गर्न नहुने पक्षमा उपाध्यक्ष युवराज ज्ञवाली, अस्टलक्ष्मी शाक्य लगायतका नेताहरू उभिएका थिए।

उपाध्यक्षद्वय ज्ञवाली र शाक्य तथा स्थाथी कमिटी सदस्यहरू बिन्दा पाण्डे, कर्ण थापा र काशिनाथ अधिकारीले पनि विधान संशोधन गर्न नहुने धारणा राखेका थिए।

शुक्रबार बसेको सचिवालय बैठकमै अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउनेगरि विधान संशोधन गर्ने प्रस्ताव ल्याउने तयारीमा थिए।

तर, त्यहाँ सचिवालयका अधिकांश सदस्य विपक्षमा उभिएपछि गत भदौमा भएको दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान अनुसारै नेतृत्व निर्माण गर्ने निर्णय बैठकबाट भएको थियो।

तर, ओली पक्षले फेरि केन्द्रीय कमिटीमा विधान संशोधनको प्रस्ताव ल्याएर त्यही पारित गरेको हो।

आफ्नो खेमाका नेताहरुको व्यवस्थापनका लागि सहज होस् भन्दै ओलीले विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ