गगनजीलाई सरकारले पक्रन सक्दैन : प्रचण्ड

गगनजीलाई सरकारले पक्रन सक्दैन : प्रचण्ड

  • शुक्रबार, कार्तिक २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 57
    SHARES

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नेपाली कांग्रेसका सभापति गगन थापालाई पक्राउ गर्न नसक्ने दाबी गर्नुभएको छ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै संयोजक प्रचण्डले वर्तमान सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका आधारभूत मूल्य–मान्यताभन्दा बाहिर जान खोजिरहेको बताउनुभयो। सरकारको यो कदम देश र जनता दुवैका लागि चिन्ताको विषय भएको उहाँको भनाइ थियो।

सञ्चारकर्मीले गगन थापाको पक्राउबारे सोधेको प्रश्नमा प्रचण्डले भन्नुभयो, “जहाँसम्म गगनजीको कुरा छ, उहाँलाई सरकारले पक्रन सक्दैन।”

यसैगरी, नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीलाई पदबाट हटाइएको विषयमा सोधिएको प्रश्नमा उहाँले यो मामला अदालतमा पुगिसकेकाले अदालतले नै यसबारे उचित निर्णय बोल्ने स्पष्ट पार्नुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ