उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

  • बिहिबार, कार्तिक १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 38
    SHARES

काठमाडौँ, १९ कात्तिकः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, ब्रिटिश गोर्खा, जलवायु परिवर्तन, सामाजिक तथा आर्थिक विकासका साथै साझा चासोका विविध विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको सचिवालयले जानकारी दिएको छ ।

उक्त अवसरमा उपराष्ट्रपति यादवले नेपाल र बेलायतबीच सन् १८१६ देखि स्थापित कूटनीतिक सम्बन्ध परम्परागत मित्रता, आपसी सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको विकास प्रयासमा बेलायतले पु¥याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्नुभएको थियो ।

भेटमा उपराष्ट्रपति यादवले जलवायु परिवर्तन, सामाजिक–आर्थिक विकास तथा अन्य साझा सरोकारका क्षेत्रमा पारस्परिक हितका लागि बेलायतसँग सहकार्य विस्तार गर्न नेपाल उत्सुक रहेको बताउनुभएको थियो ।

सो भेटका क्रममा राजदूत फेनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न बेलायत इच्छुक रहेको बताउँदै आगामी साता टर्कीमा हुने कोप–३१ सम्मेलनमा नेपालले अघि सारेको ‘माउन्टेन टु सी’ जलवायु एजेन्डालाई बेलायतले समर्थन गर्ने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ