एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक भृकुटीमण्डपमा सुरू भयो

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक भृकुटीमण्डपमा सुरू भयो

  • आइतवार, मंसिर २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं : नेकपा एमालेले केन्द्रीय कमिटी बैठक सुरू भएको छ। आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी सुरू भएको छ। बैठक भृकुटीमण्डपमा सुरू भएको हो। ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरू हुन अगाडि केन्द्रीय कमिटीको अन्तिम बैठक बोलाइएको हो। १० औं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटीको बैठकपश्चात​​​​​​ बन्दसत्र सुरू हुनेछ। सचिवालय बैठकले बन्द सत्र सञ्चालनमा विगतभन्दा फरक अभ्यास अपनाउँदै सिंगो सचिवालयले ‘अध्यक्ष मण्डल’को भूमिकामा रहने निर्णय गरेको छ।धिवेशनबाट पारित गरिनुपर्ने विशेष प्रस्तावको तयारीका लागि उपमहासचिव प्रदीप ज्ञवाली र महाधिवेशनमा हुने निर्णयहरूको माइन्युनिटिङका लागि भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा १/१ समिति गठन गरिएको छ।

महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि छन्। महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ। एमालेले पदाधिकारीलाई नै स्थायी कमिटीको संरचना बनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ