एजेन्सी । अमेरीकाले भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट अपदस्त गर्न कार्बाहीको तयारी तीव्र पारेको छ ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको एयर स्पेसन बन्द गर्नू पर्ने बताएका छन् । भेनेजुएलाको आकाश नजिक अमेरीकी लडाकु विमानहरुको उपस्थिति देखिएको छ । यसै गरी समुन्द्रमा पनि अमेरीकी युद्धपोतहरु तैनाथ गरिएका छन् ।
लागू औषध तस्कर बिरुद्ध कार्बाहीको नाममा अमेरीकाले भेनेजुएलामा चौथो पटक हस्तक्षेपको तयारी गरेको हो ।
यता अमेरीकी हस्तक्षेपको विरोध गर्दै राष्ट्रपति मदुरोले देश व्यापी रुपमा जनपरिचालनको घोषणा गरेका छन् । जसका आधारमा दशौँ हजार मानिसहरु सडकमा निस्किएर प्रदर्शन शुरु गरेका छन् भने लाखौँ युवाहरु सैन्य प्रशिक्षण सहित अमेरीकाको प्रतिरोधका लागि तयार पारिदैछ ।
अमेरीकाले भेनेजुएलामा पटक पटक हस्तक्षेप गर्दै आएको छ ।
भेनेजुएलाको तटमा विभिन्न बोटहरुमा अमेरीकाले आक्रमण जारी राखेको छ । जसमा अहिले सम्म २० वटा हमलामा ८० जनाको मृत्यु भएको छ ।