जेन जी र एमालेका युवाहरू झण्डै आमनेसामनेकाे स्थितिमा

जेन जी र एमालेका युवाहरू झण्डै आमनेसामनेकाे स्थितिमा

  • शुक्रबार, मंसिर ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

७ मंसिर, काठमाडाैं । शुक्रबार काठमाडाैंमा जेन जी र एमालेका युवाहरूले झण्डै २०० मिटर नजिक अलगअलग कार्यक्रम गरेका छन् । जेन जीका युवाहरूले माइतीघर मण्डलामा र एमालेका युवाहरूले माइतीघरदेखि पूर्वतर्फ कार्की बैंक्वेटमा कार्यक्रम गरिरहेका छन् । याे दूरीकाे हिसाबले आमनेसामनेकै अवस्था हाे ।

एमालेले आज पूर्व घाेषित कार्यक्रम ‘नेश्नल भाेलियन्टर्स फाेर्स’ काे ‘केन्द्रीय कमाण्ड’ घाेषणा गर्दैछ । घाेषणा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् । घाेषणाअघि उसका सयाैं संख्यामा कार्यकार्ताले बिजुलीबजारदेेखि मार्च पास गरेका थिए । पार्टीका स्थानीय, प्रदेशका जनप्रतिनिधि समेत सहभागी मार्च पाससहित टाेली बबरमहलबाटै बैंक्वेट प्रवेश गरेकाे छ ।

दुई पक्षका कार्यक्रमस्थलका बिचमा सशस्त्र प्रहरी बल बाक्लाे संख्यामा तैनाथ गरिएकाे छ । उनीहरूले फुटपाथ हिड्ने पैदल यात्रुलाई समेत कडाई गरेका छन् ।

बैंक्वेटदेखि केहि पर माइतीघर मण्डलामा जेन जीका घाइतेसहित युवाहरू हत्यारा र भ्रष्ट्राचारीलाई कारवाहीकाे माग राखेर प्ले कार्ड बाेकेर धर्ना बसिरहेका छन् । तत्कालिन हत्यारा सरकार नेतृत्वकाे पार्टीले युवाहरूलाई  आतंककारीकाे संज्ञा दिँदै कार्यक्रम गर्ने भएपछि प्रतिराेधसणवरूप आफूहरूले धर्ना कसेकाे जेन जीका युवाहरूकाे भनाइ छ ।

गएकाे दुई दिन बाराकाे सिमरामा झैं दुई पक्षबीच भीडन्त हुन नदिन सरकारले सुरक्षा व्यवस्था कडा बनाएकाे जनाएकाे छ । सुरक्षाका लागि नेपाल प्रहरी फ्रन्टमा र सशस्त्रलाई बाहिरी घेरामा तैनाथ गराइएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ