काठमाडाैं, ९ कात्तिक । ब्लड क्यान्सर भई नयाँबानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा उपचार गराइरहेका युवक पेमा तामाङलाई किसानहरूले उपचार खर्च सहयाेग गरेका छन् । रामेछापकाे दाेरम्बा गाउँपालिका-७ पुँडी गैरीगाउँका पेमा गएकाे भदाै ३१ गतेदेखि उपचाररत छन् ।
उपचारमा ठूलाे धनराशी खर्च हुने भएपछि गाउँका किसानहरूले घरधुरी पिच्छे रकम उठाएर ५० हजार रूपैयाँ सहयाेग गरेका हुन् । सहयाेग रकम बैंक खातामा प्राप्त भइसकेकाे क्यान्सरपीडित पेमाका भाई छाेइकुले बताए ।
त्यस्तै, गाउँ र विदेशमा रहेका युवाहरूले जनही संकलन गरी एक मुष्ट रूपमा ९० हजार रूपैयाँ सहयाेग हस्तान्तरण गरेका छन् । क्यान्सरजस्ताे प्राणघातक राेगबाट बिरामीकाे उपचारमा मद्दत पुगाेस् भन्ने हेतुले गाउँकै किसान, राेजगारका सिलसिलामा देशविदेशमा रहेका युवाहरूले रकम सहयाेग गरेकाे स्थानीय अगुवा नरबहादुर तामाङले बताए । उपचारका लागि ठूलाे रकम लाग्ने भएकाे र यसमा सबैकाे साथ सहयाेग आवश्यक रहेकाे उनले बताए ।
पेमाकाे उपचारमा सहयाेग गर्न चाहने मनकारी एवं सहयाेगीहरूका लागि भाई छाेइकुकाे नाममा उपचार प्रयाेजनार्थ नबिल बैंककाे चल्ती खाता नं. 03110017538552 र क्यूआर (QR) काेड सार्वजनिक गरिएकाे छ । सहयाेग रकम देश विदेश जहाँबाट पनि उक्त खातामा जम्मा गर्न सकिने उनले बताए । पेमाकाे जीवन रक्षाका लागि सहयाेग जरूरी रहेकाे जनाउँदै छाेइकुले अपिल गरेका छन् ।

पेमाकाे उपचारमा सात लाख रूपैयाँ बढी खर्च भइसकेकाे र काेर्ष पुरा र बाेन म्याराे प्रत्याराेपणसम्म ४० लाख रूपैयाँ बढी खर्च लाग्ने अस्पतालले जनाएकाे उनले बताए ।
पेमाकाे उपचार सिभिलकाे हेमाटाेलोजि वार्डमा गएको भदौ ३१ गतेदेखि भइरहेकाे छ । डा. विशेष शर्मा पाैड्याल नेतृत्वकाे टिमले उपचार गरिरहेकाे उनले बताए ।