२४ वर्षीय पेमालाई ब्लड क्यान्सर, सिभिल सर्भिस अस्पतालमा उपचार हुँदै र गरे सहयोगको अपिल

२४ वर्षीय पेमालाई ब्लड क्यान्सर, सिभिल सर्भिस अस्पतालमा उपचार हुँदै र गरे सहयोगको अपिल

  • बिहिबार, कार्तिक ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडाैं । चाैबिस वर्षीय युवक पेमा तामाङलाई ब्लड क्यान्सर भएकाे छ । रामेछापकाे दाेरम्बा गाउँपालिका-७ पुँडी गैरीगाउँका लालबहादुरकाे माइला छाेरा २४ वर्षीय पेमालाई यही असाेज ३ गते पुष्टि भएकाे हाे ।

हात गाेडा गल्ने, ज्वराे दाेहाेरिरहने, खानेकुरा अरूचि हुने लगायत समस्या भएपछि स्वास्थ्व परीक्षण गराउन भदाै ३१ गते सिभिल पुगेका उनलाई इमर्जेन्सी भर्ना भएका थिए । रक्त परीक्षणकाे रिपाेर्टले संकेत उनलाई हेमाटाे वार्डमा पठाइयाे । थप परीक्षण गराउँदा उनलाई रगतमा Acute Myeloid Leukemia (AML) भएकाे पुष्टि भयाे । एएमएल ब्लड क्यान्सरमा गम्भीर प्रकृतिका घटक (प्रकार) मानिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यसकाे उपचार जटिल र खर्चिलाे बताएका छन् । अहिले पहिलाे साइकल (चरण)काे केमाे चलाइरहेकाे जनाइएकाे छ । केमाे चलाउँदाका बखत् १०६ डिग्रीसम्म ज्वराे आएकाे र तीन/चार दिनयता सामान्य रहेकाे बिरामीका आफन्तले बताए । चिकित्सकका अनुसार अझै केमाे तीन साइकल चलाउन बाँकी रहेका र एक/एक महिनाकाे फरकमा चलाएर काेर्ष पूरा गरिने र त्यसपछि बाेन म्याराे (Bone Marrow) प्रत्याराेपण गरिने जानकारी आफूहरूलाई दिइएकाे बताए ।
बालककाल उनले दार्जिलिङमा लामाे समय बाैद्ध धर्मसम्बन्धी अध्ययन गर्न बिताए । बाैद्ध धर्मका पाठ्यक्रम, जीवित-मृत्युसम्बन्धी संस्कार चलाउने विधि र संस्कृति रीतिरिवाजबारे राम्राे ज्ञान छ उनलाई । साेही बिचमा नेपाल फर्किए । घरपरिवारमा आर्थिक अवस्था कमजाेर भएकै उनी खर्च जाेहाे गर्नुपर्ने बध्यताले नेपालमै राेजगार खाेजी गरे । पछिल्लाे समय उनी हाेटल, पर्यटन क्षेत्रमा विस्तारै राेजगारी गर्दै आइरहेका थिए । यसैबीच उनी बिरामी परेका हुन् । उनकाे उपचारमा सात लाख रूपैयाँ बढी खर्च भइसकेकाे र काेर्ष पुरा हुँदासम्म ४० लाख रूपैयाँ बढी खर्च लाग्ने अस्पतालले जनाएकाे उनले बताए ।
लालबहादुरका सन्तानमा चार छाेरा र एक छाेरी छन् । घरकाे आर्थिक स्थिति कमजाेर भएकाले उपचारमा कठिनाइ भइरहेकाे र पेमाकाे स्वास्थ्य जाेगाउन राज्य, व्यक्तिविशेषकाे सहयाेग अत्यावश्यक भएकाे पेमका दाई घ्याम्छ्याेइले बताए । अहिले सहयाेगी हातहरू जुट्ने क्रम रहेकाे पनि उनले जानकारी दिए ।
उनले सहयाेग गर्न चाहने महानुभावले उपचारविशेष प्रयाेजनका लागि साइला भाई छाेइकु तामाङकाे नाममा नबिल बैंकमा खाेलिएकाे खाता नं. 03110017538552 र क्यूआर (QR) काेड सार्वजनिक गरिएकाे बताए । उल्लेखित खातामा जम्मा गर्न सकिने पनि उनले बताए । पेमाको उपचार डा. विशेष शर्मा पौड्याल नेतृत्वको टोलीले गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ