नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवासको फेक भिडिओ बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरेका छन्।
भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनकारीले सभापति देउवा दम्पतीमाथि कुटपिट र घरमा आगजनी गरेका थिए।
घरमा जलेको अवस्थामा पैसा फेला परेको भिडिओहरू आएकोतर्फ लक्ष्य गर्दै सभापति देउवाले एआईको प्रयोग गरी त्यस्ता भिडिओ बनाइएको दाबी गर्दै छानबिन गर्न माग गरेका छन्।
‘फेक भिडिओ छ नि जो, मेरो घरमा भेटेको भनेको त्यो पैसा फेक भिडिओ बनाएर मेरा खिलापमा गरिएको हो त्यो,’ उनले दाबी गरे, ‘अरु देशको भिडिओबाट काटेर ल्याएर एआईबाट भिडिओ बनाएको छ। मेरो चरित्रहत्या गरिएको छ, यसबारे छानबिन होस्।’
उनले अब आफू नेतृत्वमा नरहने घोषणा गर्दै कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई तोकेका छन् ।
तर उनले जीवन रहुञ्जेल आफू देश र जनताप्रति समर्पित रहने पनि बताएका छन् ।