आज वडा दँशै अन्तर्गत मुख्य दिन बिजया दशमी : टीकाको उत्तम साईत ११ बजेर ५३ मिनेटमा

आज वडा दँशै अन्तर्गत मुख्य दिन बिजया दशमी : टीकाको उत्तम साईत ११ बजेर ५३ मिनेटमा

  • बिहिबार, अशोज १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं, असोज १६ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११ः५३ बजे रहेको जनाएको छ । टीका लगाइ माग्ने पूर्व फर्केर लगाउनुपर्ने छ ।

समितिका अनुसार यस वर्षको विजया दशमीका दिन देवी बिसर्जन गर्ने शुभसाइत बिहान ९ः२३ बजे रहेको छ।

आज बिहीबार विजया दशमीको दिन बिहानै देवी बिसर्जन गरी मान्यजनहरूबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ ।

आजै अपराह्न १२स्१९ बजे श्री तुलाजात्रा यात्रा सुरु हुने जानकारीसमेत समितिले दिएको छ । साथै, अपराह्न १ः४९ बजे स्थिरासन दिवस मनाइने र खड्ग जात्रासमेत सञ्चालन हुने उल्लेख गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालले हस्ताक्षर गरी जारी गरेको सूचनामा यस वर्षको दशैंमा देवी विसर्जनदेखि टीका, जमरा ग्रहणसम्मको सबैजसो धार्मिक कर्मकाण्ड शुभ साइतमा गर्न सकिने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ