गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान

गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान

  • शनिबार, भदौ २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

म्याग्दी, २१ भदौः गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ ।

आर्थिक वर्ष २०८१/ ८२ को सहित विसं २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलब ८८ किलोमिटर सडक कालोपत्रे र ढलान भएको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाले प्रदेश सरकारले गत वर्ष सम्पन्न भएका ११ वटा सहित ११२ वटा सडक पुल निर्माण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको ६६ दशमलब ७३ किलोमिटर सहित हालसम्म ७६२ दशमलब ७३ किलोमिटर सडक ग्राभेल भएको छ ।

गत वर्षको पाँच वटासहित ८७ वटा झोलुङ्गे पुल र ३९ वटासहित ६७ वटा भवन निर्माण तथा मर्मत भएको बानियाले बताउनुभयो । गत आर्थिक वर्षमा रु १२ अर्ब ७१ करोड आठ लाख ६९ हजार बजेट बिनियोजन गरेको मन्त्रालयले ७६ दशमलब ५२ प्रतिशत अथवा रु नौ अर्ब ७२ करोड ६७ लाख ३७ हजार खर्च गरेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयले पछिल्लो पाँच वर्षयताकै धेरै बजेट खर्च गरेको बताउनुभयो । यस वर्ष पुराना योजनालाई पूर्णता दिन बहुवर्षीय योजनालाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो ।

मन्त्रालयले गत वर्ष रु चार अर्ब २७ करोड ६५ लाख ५६ हजार लागत अनुमान गरिएको ४७ सडक, १३ सडक पुल, १३ झोलुङ्गे पुल र एक वटा भवन निर्माणका लागि गत वर्ष बहुवर्षीय ठेक्का लगाएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा ६३ वटा बहुवर्षीय योजना सम्पन्न भएका छन् ।

हाल २७१ बहुवर्षीय योजना निर्माणाधिन छन् । निर्माणाधिनमध्य १८६ प्रदेश सडक, चार सङ्घीय सडक, डिजाइन एण्ड बिल्ड माध्यमबाट निर्माण गर्नेगरी ठेक्का लागेका सात र तीन वटा सङ्घीयसहित ६६ वटा सडक पुल, १२ वटा झोलुङ्गे पुल र तीन वटा भवन छन् ।

मन्त्रालयले सञ्चालन गरेका २० योजना समस्याग्रस्त छन् । बहुवर्षीय योजनामा रु १० अर्ब १५ करोड ८१ लख ७४ हजार दायित्व रहेकोमा आर्थिक वर्ष २०८२÷०८३ मा रु चार अर्ब ७७ करोड ८३ लाख ३४ हजार बिनियोजन भएको छ ।

सालबसाली योजनाको ठेक्का लगाउँदा बचत भएको रकम बहुवर्षीय योजनामा आन्तरिक रकमान्तर गरेर आर्थिक स्रोतको ब्यवस्थापन गरिएको मन्त्रालयका सचिव कमलबहादुर अधिकारीले बताउनुभयो । गत वर्ष सालबसाली योजनाको ठेक्काबाट बचेको रु एक अर्ब ९४ करोड एक लाख ३१ हजार बहुवर्षीय योजनामा रकमान्तर गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी