८० हजार परेवा र बेलुन उडाए, अगाडी पछाडी अत्याधुनिक हतियार देखाएर सीले भने – चीन कसैको धम्कीसँग डराउदैन

८० हजार परेवा र बेलुन उडाए, अगाडी पछाडी अत्याधुनिक हतियार देखाएर सीले भने – चीन कसैको धम्कीसँग डराउदैन

  • बुधबार, भदौ १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी भदौ १७ । चीनले दोस्रो विश्व युद्धमा जापान बिरुद्ध बिजय प्राप्त गरेको ८० वर्ष पूरा भएको अवसरमा बिशाल सैन्य परेडको आयोजना गरेको छ ।

आकाशमा लडाकु विमान र हेलिप्टरको गर्जन, समुन्द्रमा युद्धपोत र ड्रोनको प्रदर्शन, जमिनमा पचासाँै हजार सेनाको मार्चपास, क्षेप्यास्त्र, टैंक, परमाणु हतियार र मानव रहित युद्ध उपकरणको बिशाल प्रदर्शन , यो हो चीनले सेप्टेम्बर ३ मा विश्वलाई आफ्नो शक्ति र क्षमताबारे दिन खोजेको शक्तिको सन्देश ।

चीनमा माओको कार्यकालपछि सबै भन्दा शक्तिशाली सैन्य प्रदर्शन यस पटक भएको हो । यस पटक शक्तिशाली राष्ट्रपति सि ले पनि माओको जस्तै पहिरन लगाएका थिए ।

राजधानी बेईजिङको तियानमेन स्क्वाएरमा पचासौँ हजार सेनाले परेड खेल्दै सैन्य कला प्रदर्शन गरेका थिए । यस परेडमा विश्वको दोस्रो ठूलो सैन्य शक्ति रुसका राष्ट्रपति भ्लादीमीर पुटिन, उत्तर कोरीयाका राष्ट्रपति किम जोङ उन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहित २५ देशका नेताहरु सामेल थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने उपस्थित थिएनन् । उनी एससीओ समिट सकिए पछि स्वदेश फर्किएका छन् ।

चीनको यो परेड चीनीया ईतिहासकै सबै भन्दा ठुलो सैन्य तागतको प्रदर्शन भएको चीनीया सञ्चार माध्यमहरुले जनाएका छन् ।

बेईजिङको आकाशमा चीनीया स्टील्थ फाईटर जेटले रंगीन धुवा उडाएपछि ८० हजार बढी परेवा र बेलुन उडाईएको थियो । यति ठूलो संख्यामा परेवा र बेलुन उडाएर चीनले शान्तिको सन्देश दिन खोजेको थियो ।

जब परेडमा परमाणु क्षेप्यास्त्र, देङफेङ व्यालेष्टीक मिसाईल प्रणालीका श्रृखलाहरु, युद्धक टैंक, एन्टी एयर डिफेन्स रक्षा प्रणाली, अन्य मिसाईल र समुन्द्री ड्रोनहरु सार्वजनिक गर्दा भीडले तालीले स्वागत गरेका थिए ।

चीनले यस परेडमा महाविनाशक हतियारहरु प्रदर्शन गरेको छ । परम्परागत एवं अत्याधुनिक हतियारको मिश्रित प्रदर्शनमा एयर डिफेंस लेजर, स्टील्थ लड़ाकू विमान, जहाज रोधी मिसाइलहरु , अंतरमहाद्वीपीय बैलिस्टिक मिसाइल, समुद्री ड्रोन र रोबोट कुकुर सामेल छ । यो प्रविधिले चीनको सैन्य क्षमताको विस्तारलाई संकेत गर्दछ ।

डिएफ ६१ चीनको अहिलेको सबै भन्दा महाविनाशक हतियार सार्वजनिक भएको छ । जसले पृथ्वीको जुनसुकै कुनामा छोटो समयमा तहस नहस पार्न सक्छ । यो क्षेप्यास्त्र २० हजार किलो मिटर टाढाका लक्ष्यहरुलाई नष्ट गर्न आवाज भन्दा कैयौ गुणा सुपर सोनिक स्पीडमा यात्रा गर्न सक्छ ।
यस्तै डिएफ ५ सी परमाणु क्षेप्यास्त्र जसले अमेरीकाको कुनै पनि भुभागमा तुरुन्त हमला गर्ने क्षमता राख्दछ ।

यस्तै अन्य समुन्द्री ड्रोन, परमाणु पनडुब्बी जस्ता हतियार प्रविधिको विकासले चीनले आफूलाई महाशक्ति अमेरीकासँग प्रतिस्पर्धामा उतारेको मात्र हैन पराजित गर्न सक्ने विष्लेषकहरुले बताएका छन् ।

सनु १९७९ मा भियतनामसँगको युद्धपछि चीनले अहिले सम्म कुनै पनि ठूलो युद्ध लडेको छैन । साथै चीनीया हतियारको परीक्षण पनि ठूला युद्धहरुमा भएका छैनन् । तर विस्तारै चीनीया हतियारहरुको माग अन्तराष्ट्रिय बजारमा बढीरहेको छ । पाकिस्तान, ईरान, अजरबैजान लगायतका देशले लगातार चीनबाट हतियार खरीद गरीरहेका छन् । चीनबाट हतियार खरीद गर्ने देशको संख्या ४४ पुगेको बताईएको छ ।

ताईवान मामलालाई लिएर यदी चीन भविष्यमा संभावित युद्धमा पर्यो भने चीनले अविछिन्न युद्ध लड्न सक्छ भन्ने सन्देश दिएको छ ।

यस पटक चीनले मानव रहित सैन्य प्रणाली जस्तै बारुदी सुरुङ नष्ट पार्ने, हमला गर्ने र प्रतिरक्षा गर्ने मानव रहित हतियार र उपकरणहरु पनि सार्वजनिक गरेको छ ।

सो परेड समारोहलाई संवोधन गर्दै चीनीया राष्ट्रपति सि जिन पिङले चीन दुनियामा कसैको पनि धम्कीसँग नडराउने र सदैव अघि बढीरहने बताए ।

उनले जनमुक्ति सेनाको तागतको प्रसंशा गर्दै अब बिस्व स्तरीय रुसमा आधुनिकिकरण सँगै जनमुक्ति सेनाले राष्ट्रिय सम्प्रभुता, क्षेत्रीय अखण्डता र एकताको सधै रक्षा गर्ने दृढता रहेको बताए ।

चीन विश्वमा शान्ति र विकासका लागि अधिकतम योगदान गर्न तयार रहेकोे सिको भनाई छ । उनले यो संवोधन गर्दा रुसी राष्ट्रपति भ्लादीमीर पुटन सहित अन्य देशका नेताहरु साथमा थिए ।

अर्को रोचक कुरा जब सि जिन पिङ पुटिन र किम जोङ उन सहितका नेताहरु सँगै लिएर परेडमा सामेल थिए । त्यही बेला अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्समा लेखेका थिए, के चीनीया राष्ट्रपतिले अमेरीकी समर्थनको जिकिर गर्ने छन् ? चीनीया गौरवको खोजमा कैयौ अमेरीकीहरु शहीद भएका छन् , मलाई आशा छ कि उनीहरुको शाहस र बलिदानका लागि याद दिलाईनेछ । ”

यो परेडमा देखाईएका अत्याुधिनक हतियार प्रणालीले अब चीन कुनै पनि शक्तिसँग भीड्न सक्षम छ भन्ने सन्देश दिन खोजिएको देखिन्छ ।

खास गरी ताईवान मामलालाई लिएर चीन र अमेरीका एवं पश्चिमा सैन्य शक्तिहरुसँग चीनको मुठभेड हुने आकलनहरु हुँदै आएका छन् । ताईवानलाई चीनले आफ्नो अभिन्न अंग मानेको छ भने ताईवानको आधिकारीक सरकार र अमेरीका सहित पश्चिमा देशहरुले अलग देशको रुपमा व्यवहार गर्दै ठूलो सैन्य सहायता दिईरहेका छन् ।

८० बर्षदेखि कुनै पनि युद्ध नलडेको चीन विश्वको हतियार र प्रविधिका हिशाबले अमेरीका र रुसपछि तेस्रो सैन्य शक्तिको रुपमा चिनिन्छ तर सैनिक संख्याका हिशाबले पहिलो शक्ति रहेको छ । चीनको २२ लाख बढी सैन्य जनशक्ति रहेको छ ।

विशाल भूगोल, ठूलो जनसख्या, संसारभर विस्तार भईरहेको बिशाल अर्थतन्त्र निरन्तर राजनीतिक स्थीरता र विकासले चीन विश्व प्रणालीमा भविष्यको नेता बन्न सक्ने सन्देश दिईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी