चीनले ८० औ बिजय दिवसमा बिशाल सैन्य परेडको आयोजना गर्ने

चीनले ८० औ बिजय दिवसमा बिशाल सैन्य परेडको आयोजना गर्ने

सि जिन पिङको छेउमा हुनेछन् २६ देशका राष्ट्र प्रमुख

  • शुक्रबार, भदौ १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

एजेन्सी भदौ १३ । उदीयमान आर्थिक र सैन्य शक्ति छिमेकी मुलुक चीनले दोस्रो विश्व युद्धमा जापानी आक्रमण बिरुद्ध बिजय हासिल गरेको ८० औँ बर्षगाँठ भव्य सैन्य परेड सहित मनाउदैछ ।

राजधानी बेईजिङमा विश्वकै ठूलो संख्यामा रहेको चीनीया जनमुक्ति सेनाले बिशाल परेड मार्च गर्नेछ । यसमा विभिन्न सैन्य कला र हतियार प्रविधिको प्रदर्शन समेत हुने चीनीया सञ्चार माध्यमहरुले जनाएका छन् ।

चीनमा जारी एससिओ सम्मेलनपछि यो सैन्य परेड सेप्टेम्बर ३ मा हुनेछ ।

जापानले यो सैन्य परेड जापान विरोधी भावनामा आधारीत भएको भन्दै सामेल नहुन अपील गरे पनि सो दिन विश्वका २६ देशका नेताहरु सामेल हुनेछन् । जसमा सि जिन पिङको छेउमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, उत्तर कोरीयाका राष्ट्रपति किम जोङ उन, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरीफ, माल्दिभ्समा राष्ट्रपति मुईज्जु , भियतनामका राष्ट्रपति लिओङ , ईन्डोनेशियाका राष्ट्रपति प्रोवोओ, मलशियाका प्रधानमन्त्री अनवर लगायत २६ देशका राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुखहरु सामेल हुनेछन् ।

१९४५ मा जापानको चौतर्फी हमलाको प्रतिरोध गर्दै जापानी सेनालाई पराजित गरेको ८० वर्ष पूरा भएको अवसरमा चीनको जनमुक्ति सेनाले दशौँ हजारको संख्यामा सैनिक परेड गराउनेछ ।

जुन सैन्य परेडले विश्वको ध्यान तानेको छ ।

यसैबीच , चीन र नेपालबीच सेप्टेम्बर पहिलो सातापछि पाँचौँ सँयुक्त सैन्य अभ्यास समेत हुने भएको छ । पाँचौ पटक नेपाल र चीनका सेनाले सँयुक्त रुपमा आतकंवाद नियन्त्रण, विपद प्रतिकार्य र शान्ति अभियानको अभ्यास गर्ने चीनीया रक्षा अधिकारीहरुले बताएका छन् ।

चीन विश्वकै ठूलो सैन्य शक्ति

चीनले दोस्रो विश्व युद्धपछि कुनै पनि देशसँग प्रत्यक्ष सैन्य युद्ध लडेको छैन । तर पनि चीनले आर्थिक विकाससँगै सेनाको आधुनिकिकरण ुर हतियार प्रविधिमा लगातार विकास गरीरहेको छ । सैनिक संख्याका हिशाबले चीन विश्वको पहिलो शक्ति हो । चीनमा सेनाको संख्या २२ लाख भन्दा बढी रहेको छ । यसै गरी ग्लोबल सूचकांकमा अमेरीका र रुसपछिको शक्तिका रुपमा हेरिन्छ ।

पछिल्लो समय चीनले आफैले निर्माण गरेको हतियार, लडाकु विमान र क्षेप्यास्त्र एवं वायु रक्षा प्रणालीको निर्यात पनि व्यापक बृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार पाकिस्तान सहित विश्वका ४४ देशले चीनको हतियार र लडाकु विमान खरीद गरीरहेका छन् । पाकिस्तानले आफ्नो हतियारको ८० प्रतिशत हतियार चीनबाट खरीद गर्दै आएको छ । अमेरीका र रुसपछि चीनीया हतियारको माग विश्व बजारमा बढीरहेको छ । हालै भारत र पाकिस्तानबीच भएको युद्धमा पाकिस्तानले चीनबाट खरीद गरेको जे १० सी लडाकु विमान प्रयोग गरेर भारतले फ्रान्सबाट ल्याएको अत्याधुनिक राफेल लडाकु विमान खसालेको दाबी गरिएको थियो । ६ दिन लामो युद्धमा पाकिस्तानले अत्याधिक चीनीया हतियार प्रयोग गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी