जिपी अस्पतालमा विद्युतीय चिकित्सा प्रणाली शुभारम्भ

जिपी अस्पतालमा विद्युतीय चिकित्सा प्रणाली शुभारम्भ

  • मङ्लबार, भदौ १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

दमौली (तनहुँ) १० भदौ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा प्रणाली (इएमआर)को शुभारम्भ गर्नुभएको छ । अस्पतालमा आज आयोजित कार्यक्रममा उहाँले यो सेवा आरम्भ गर्नुभएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले रु २५ लाख २६ हजार बराबरको उपकरण जडानसँगै सेवा सुरु भएको हो । दक्षिण एसियाको उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा केन्द्र स्थापना गरेको हो । केन्द्रलाई शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा प्राप्त भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी