होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्थाको सम्मान

होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्थाको सम्मान

  • आइतवार, असार २२, २०८२
  • डम्मर दत्त भट्ट

  • 4.7K
    SHARES

कञ्चनपुर असार, २२ । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक संस्थागत विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाकोे सम्मानबाट पुरस्कार प्रदान गरिएको छ । जिल्लाकोे उत्तरी भेग भीमदत्त नगरपालिका १० जिमुवा–तिलकेनीको होलीफेम्ली ईङलिश मिडियम स्कुललाई उत्कृष्ट शैक्षिक संस्थाकोे पुरस्कार प्रदान गरिएको हो ।
शिक्षा क्षेत्रमा कार्यरत काठमाण्डौँको चन्द्रलोक प्रतिष्ठानले होलीफेम्ली ईङलिश मिडियम स्कुल सहितका देशका विभिन्न विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाकोे पुरस्कार प्रदान गरेकोे जनाईएको छ ।
शनिबार प्रतिष्ठानले काठमाण्डौँमै आयोजना गरेको ‘शिक्षा क्षेत्रमा देखिएका समस्या र समाधानका उपाया’ विषयक बृहद सरोकारवालासंगको छलफल एव सम्मान कार्यक्रममा कञ्चनपुर भीमदत्त नगरको पनि होलीफेम्ली स्कुललाई सम्मान सहित पुरस्कृत गरेको जनाएको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले पछिल्ला दिनहरुमा सरकारी तथा निजी क्षेत्रबाट संचालित क्षेत्र समग्र औषधमा धरासायी बनिरहेका बेला निजी क्षेत्रबाट शिक्षाकोे चौतर्फि बृद्धि विकासका भूमिका निर्वाह गरेको होलीफेम्ली सहितका देशभरका दर्जनौँ विद्यालयलाई सम्मानित एव पुरस्कृत गरेको बताए ।

प्रमुख अतिथि समेत रहेका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, बिशिष्ठ अतिथि पुर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, शिक्षर््ाा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापा सहितका अतिथिले होलीफेम्ली स्कुलका प्रिन्सिपल नारायण दत्त भट्टलाई प्रमाण पत्र हस्तान्तरण गरेका छन ।
सम्मान ग्रहण गर्दै होलीफेम्लीका प्रिन्सिपल नारायण दत्त भट्टले विद्यालयले विद्यार्थीको चौतर्फि बृद्धि विकासका लागि शुरुवाती चरणदेखि भूमिका निर्वाह गर्दै आएको बताए । ‘हाम्रो विद्यालयमा संस्थापक भुपाल सिह विष्ट ज्यू, विद्यालय, समग्र शिक्षक, कर्मचारीले गरेको मेहनतको मुल्याङकन चन्द्रलोक प्रतिष्ठानले गरेको रहेछ, ‘प्रिन्सिपल भट्टले भने, ‘यो सम्मानले थप विद्यालयलाई समाजिक जिम्मेबारी बोध गराएको छ ।’ यस अघि पनि उक्त विद्यालयलाई चन्द्रलोक प्रतिष्ठानले सरकारी तथा निजी क्षेत्रबाट विद्यालयलाई सम्मान एव पुरस्कृत गरेको थियो ।

होलीफेम्ली ईङलिश मिडियम स्कुलका असिस्टेन्ट म्यानेजर महादेव भट्टले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको मुल्याङकन गर्दै चन्द्रलोक प्रतिष्ठानले गरेको सम्मानबाट थप जिम्मेबारी थपिएको बताए । ‘हामीले विद्यालयका संस्थापक भुपाल सिह विष्ट ज्यूको योजना, निर्देशन अनुरुप केबल कक्षाकोठामा मात्रै पठन पाठन नभई अतिरिक्त कृयाकलाप खेलकुदमा समेत विद्यार्थीलाई सहभागि गराउँदै आएका छौँ, ‘उनले भने, ‘विद्यालयबाटै क्रिकेट सहित खेलकुद विद्यामा अन्र्तराष्ट्रिय खेलाडी जन्मिएका छन, जसले विद्यालय मात्रै होईन समग्र राष्ट्रलाई अन्र्तराष्ट्रिय स्तरसम्मै पहिचान गराएको छ ।’ असिस्टेन्ट म्यानेजर महादेव भट्टले भट्टले विद्यालय संचालक समिति, शिक्षक, कर्मचारी सहित विद्यार्थी, अभिभावक, सरोकारवालाको मेहनत, सहयोग, समन्वय, सहकार्यबाट विद्यालयले निरन्तर शैक्षिक उपलब्धी गर्दै आएको बताए । भट्टले आगामी दिनमा समेत विद्यालयले शैक्षिक, खेलुकद सहित समाजिक क्षेत्रमा थप स्तरिय भूमिका निर्वाह गर्ने उनले विश्वास दिलाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी