त्रिविका पदाधीकारीलाई प्रवेमा अखिल क्रान्तिकारीको निषेध

त्रिविका पदाधीकारीलाई प्रवेमा अखिल क्रान्तिकारीको निषेध

  • आइतवार, असार २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

असार २२ काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र त्रिवि सेवा आयोगका पदाधिकारीहरूलाई विश्वविद्यालय परिसरमा प्रवेश निषेध गरेको छ।

अखिल क्रान्तिकारी त्रिविको कार्यवाहक अध्यक्ष शिवराज भट्टले एक विज्ञप्ति जारी गर्दै माग पूरा नहुँदासम्मको लागि प्रवेश निषेध गरेको जनाएका हुन्। विश्वविद्यालयले ‘अनुसन्धान विशिष्टतामा आधारित ९फास्ट ट्र्याक०’ माध्यमबाट प्राध्यापक र उपप्राध्यापक नियुक्ति प्रक्रियामा गम्भीर त्रुटि गरेको आरोप लगाएको छ। लिखित परीक्षालाई पूर्ण रूपमा बेवास्ता गरी केवल मौखिक परीक्षा र कृति प्रकाशनका आधारमा गरिने नियुक्तिले आर्थिक चलखेल बढाउने र शैक्षिक गुणस्तर खस्काउने सङ्गठनको दाबी छ।

‘आजभोलि बजारमा डलर तिरेर कृत्रिम व्यक्तिद्वारा अनुसन्धान र कृति प्रकाशन गर्ने कार्य व्यापक भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा लिखित खुला प्रतिस्पर्धा नगराई कृति प्रकाशनलाई मात्र मूल्याङ्कनको आधार बनाउँदा वास्तविक विद्वानको सट्टा पैसाको भरमा नियुक्ति पाउने खतरा बढ्यो, जसले विश्वविद्यालयको गुणस्तर धराशायी बनाउँछ।’

यसअघि सङ्गठनले यही माग राख्दै विश्वविद्यालयमा तालाबन्दी गरेको थियो। तर, विश्वविद्यालय प्रशासनले तालाबन्दीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि अदालतले ताला खोल्न अन्तरिम आदेश दिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी