आरआर क्याम्पस स्ववियु विवाद टुंगियो : उच्च अदालतको निर्णयपछि नयाँ समितिले पायो विधिवत् मान्यता

आरआर क्याम्पस स्ववियु विवाद टुंगियो : उच्च अदालतको निर्णयपछि नयाँ समितिले पायो विधिवत् मान्यता

  • शुक्रबार, असार ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सम्बन्धी लामो समयदेखि चल्दै आएको विवाद अन्ततः टुंगोमा पुगेको छ । उच्च अदालत पाटनले रिट खारेज गर्दै स्ववियुलाई पूर्ण रुपमा वैधानिकता प्रदान गरेको हो ।

बिनोद राज जोशीसहितले दायर गरेको रिट र रविन राज खत्रीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले दुवै रिट खारेज गर्ने फैसला गरेको हो । वादीहरुले स्ववियु गठनमा आफूहरुलाई समावेश नगरिएको र प्रक्रियागत त्रुटि भएको दाबी गर्दै रिट दायर गरेका थिए ।

नेवि संघ निकट असन्तुष्ट समूहले आफूहरुको जानकारीविना स्ववियु समिति घोषणा गरिएको आरोप लगाउँदै रिट दायर गरेका थिए । तर, अदालतले माग अनुरूप स्ववियु खारेज गर्नु पर्ने कुनै वैधानिक आधार नभएको ठहर गरेको छ ।

यो फैसलासँगै सभापति लोकेश कुमार खड्का र सचिव शैलेन्द्र उपाध्यायको नेतृत्वमा रहेको वर्तमान स्ववियुले विधिवत रूपमा आफ्नो कार्यकाल अगाडि बढाउने भएको छ ।
यसअघि स्ववियु गठन प्रक्रियामै असहमति जनाउँदै केही समूहले निरन्तर विवाद गर्दै आएका थिए । अदालतको स्पष्ट निर्णयसँगै अब स्ववियु आफ्ना नियमित क्रियाकलाप अघि बढाउन बाधा नहुने विद्यार्थी नेताहरुले प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी