ईजरायललाई सघाउने, ईरानलाई तर्साउने : अमेरीकी भूमिकामाथि प्रश्न

ईजरायललाई सघाउने, ईरानलाई तर्साउने : अमेरीकी भूमिकामाथि प्रश्न

  • मङ्लबार, असार ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी असार ३ । पाँच दिनदेखि ईजरायल र ईरानबीच भीषण युद्ध जारी छ । यो युद्धको शुरुवात ईजरायलले गरेको थियो । मध्यराति आक्रमण गर्दै सेना प्रमुख, आणविक केन्द्र र सैन्य संरचनामा हमला गरेको ईजरायलले नागरिक आवास क्षेत्र, टेलिभिजन कार्यलय लगायत जथाभावी आक्रमण गरीरहेको छ जसमा थुप्रै बालबालिकाहरु मारिएका छन् ।

ईजरायलले अमेरीका निर्मित एफ ३५ लडाकु विमान प्रयोग गरेर बमबारी गरीरहेको छ । अमेरीकी वायु रक्षा प्रणाली थाड र विभिन्न बमहरु अमेरीकाले ईजरायललाई दिएको छ ।

तर एक सार्वभौम देश ईरानमाथि परमाणु बम बनाउन लागेको हल्ला चलाएर अमेरीकी स्वीकृतिमा ईजरायलले आक्रमण गरीरहेको छ । चीन, रुस, पाकिस्तान, टर्की लगायतका देशले उक्त आक्रमणको भत्र्सना गरेका छन् ।

तर अमेरीकाले युद्ध रोक्नु पर्ने भने पनि व्यवहारीक रुपमा मध्यपूर्वमा युद्धक विमान र युद्धपोतहरुको तैनाथी बढाएको छ । ट्रम्प क्यानडामा चलिरहेको जी ७ को समिटमा युद्ध रोक्न अपील गर्ने भनि तयार भएको सँयुक्त ड्राफ्टमा हस्ताक्षर नगरी हिँडे ।

बरु उनले तेहरानका नागरिकहरुले तत्काल शहर खाली गर्नु पर्ने उर्दी जारी गरे ।

उनी अहिले राष्ट्रिय सुरक्षा समितिमा छलफल गर्दैछन् मध्यपूर्वमा अतिरिक्त शक्ति तैनाथ गर्ने निर्णय लिन सक्नेछन् ।

बेलायत, जर्मनी र फ्रान्सले पनि मध्यपूर्वमा ईजरायलको पक्षमा काम गरीरहेका छन् ।

अमेरीकाको यही भूमिकाले अहिले ईरानमा भारी क्षति भईरहेको छ भने ईरानले गरेको प्रत्याक्रमणबाट इजरायलमा पनि ठूलो क्षति भएको छ ।

अमेरीकाले सन् २००१ मा ईराकले घातक हतियार बनाएको भन्दै हमला गरी दशौँ हजार मानिसको ज्यान लिनुका साथै राष्ट्रपति सद्धाम हुसेनको सत्ता पतन गराउर्दै कठपुतली सरकार खडा गरेको थियो ।

अहिले ईरानमा अमेरीकाले ईजरायल मार्फत सोही प्रकारको रणनीति लिएको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी