इजरायल र ईरानबीभ भीषण युद्ध जारी , लाखौँ ईजरायली नागरिक बंकरमा, हजारौ ईरानी नागरिक सडकमा

इजरायल र ईरानबीभ भीषण युद्ध जारी , लाखौँ ईजरायली नागरिक बंकरमा, हजारौ ईरानी नागरिक सडकमा

  • आइतवार, असार १, २०८२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, १ असार । इरान र इजरायलका बिचमा शनिबार रातभर पनि भीषण क्षेप्यास्त्र हानाहान भईरहेको छ । शुक्रबार ईजरायलले आक्रमण गरेपछि ईरानले पनि जवाफी हमला शुरु गरेको हो ।

ईजरायलले शुरु गरेको आक्रमणमा सय बढी नागरिक, सैन्य अधिकारी र वैज्ञानिकहरुको मृत्यु भएको छ । साथै न्युक्लियर साईट, सैन्य अड्डा, विमानस्थल, तेल डिपो र नागरिक आवास भवनमा ईजरायलले हमला जारी राखेको छ ।

यता ईरानले शुक्रबार रातिदेखि ईजरायलमा क्षेप्यास्त्र र ड्रोनहरु मार्फत हमला जारी राखेको छ । ईजरायली हमलामा तेल अभिवमा रहेको सैन्य मुख्यालयमा क्षति भएको बताईएको छ तर ईजरायलले यसलाई स्वीकार गरेको छैन । तर शुक्रबार र शनिबार भएको ईरानी हमलामा ईजरायलमा ५ जना नागरिक मारिएको र सय बढी घाईते भएको ईजरायलेको ईमरजेन्सी सर्भिस सेन्टरले जनाएको छ ।

भर्खरै मात्रै इजरायलको राजधानी तेल अभिव र जेरुसेलममा विस्फोटका आवाज सुनिएको जनाइएको छ ।

इजरायली सेनाले इरानद्वारा नयाँ चरणको आक्रमणको घोषणा गरेपछि तेल अवीव र जेरुसेलममा धेरै विस्फोटको आवाज सुनिएको जनाएको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमले इजरायलका दुबै शहरहरूमा श्रृंखलाबद्ध विस्फोटको रिपोर्ट गरिरहेका छन ।

‘अहिले तेल अवीभमा भारी बमबारी, धेरै ठूला विस्फोटहरू सुनिएको छ,’ इजरायली पत्रकार हाग्गाई माटरले सोशल मिडिया पोस्टमा उल्लेख गरेका छन । ईजरायलको तेल अभिभमा आज भएको हमलामा पाँच जनाको मृत्यु भएको र दर्जनौँ घाईते भएको साथै ३५ जना वेपत्ता भएको बताईएको छ ।

ईजरायलले ईरान बिरुद्धको हमलालाई अप्रेसन राईजिङ लायन्स भनेको छ भने ईरानले ईजरायल बिरुद्ध बदला लिन शुरु गरेको कार्बाहीलाई अप्रेसन ट्रुथ प्रमिस थ्री नाम दिएको छ ।

पाँच लेयरको एयर डिफेन्स सिस्टमका बाबजुद ईरानको ब्यालेष्टीक र हाईपर सोनिक मिसाईलले ईजरायल भरीका शहरहरुमा धमाका दिएको छ । दर्जनौँ ठूला भवनहरु क्षतिग्रस्त भएका छन् ।

लाखौँ  ईजरायली नागरिक र कुटनीतिक प्रतिनिधिहरु बंकरमा बस्न बाध्य भएका छन् । उता ईरानर्मा ईजरायली हमलाका बाबजुद दशौँ हजार नागरिक सडकमा निस्किएका छन् । उनीहरुले ईजरायली आक्रमणको बिरोध गर्दै ईरानको बदलाको कार्बाहीलाई समर्थन दिएका छन् । शनिबार सडकमा हजारौँ नागरिक धार्मिक उत्सवका अवसरमा निस्किएका थिए ।

इैजरायलको सबै भन्दा राम्रो एयर डिफेन्स सिस्टम संसारकै राम्रो भनिए पनि ईरानी मिसाईलहरु रोक्न असफल भएको छ । ईजरायलमा हालत यस्तो भईसकेको छ कि स्वयं ईजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार क्याबिनेटको बैठक बंकरमा बसाईरहेका छन् ।

ईरानी सेनाले शुक्रबार र शनिबार गरी तीन वटा पाचौँ जेनेरेसनको अमेरीका निर्मित एफ ३५ लडाकु विमान खसालेको र ईजरायलको दुई जना पाईलटलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यता यस युद्धले मध्यपूर्वमा ठूलो संकट ल्याउने भन्दै अन्तराष्ट्रिय समुदायमा चिन्ता बढाएको छ । रुस, चीन, पाकिस्तान जस्ता देशले ईरुानमाथि ईजरायलले शुरु गरेका ेहमलाको कडा निन्दा गर्दै ईरानको सार्वभौम सत्ता, क्षेत्रीय अखण्डता र अन्तराष्ट्रिय कानुनको पालना हुनु पर्ने भन्दै ईजरालयको भत्र्सना गरेका छन् ।

यता अमेरीका भने ईजरायलको रक्षामा उभिने भन्दै हतियार र क्षेप्यास्त्रहरु पठाउन शुरु गरेको छ । यसले विश्व समुदाय विभाजित भएको देखिएको छ । अमेरीकाको आडमा नै ईजरायलले ईरानमाथि हमला गरेको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी