३१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयलाई निषेध गरेर जान नसकिने बताएका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पन्तले भने, ‘प्राइभेटलाई निषेध गरेर जान सकसकिदैन कडाइका साथ रेगुलेसन गर्नुपर्छ । गुठीमा जानेलाई प्रेरित गर्नुपर्छ ।’
मन्त्री पन्तले शिक्षक महासंघसँग २७ बुँदे सहमति भएको तर केही बुँदामा फरक धारणा रहेको बताए । ‘
त्यसपछि सभापति अम्मरबहादुर थापाले सरकार तयार भएर नआएको बताए ।
समितिले गत जेठ ११ गते ईसीडी, निजी र शिक्षक महासंघसँग भएको सहमतिको धारणा माग गरेपछि मन्त्री पन्तले सरोकारवालासँग छलफल गर्न समय मागेका थिए ।
बैठकमा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले ऐन कानुन शिक्षक महासंघले नभएर सांसदले बनाउने प्रतिकृया दिईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline