मात्र ७ मतले एमाले निकट अखिलको नेतृत्वमा सुजन कडरिया बिजयी

मात्र ७ मतले एमाले निकट अखिलको नेतृत्वमा सुजन कडरिया बिजयी

  • शुक्रबार, जेष्ठ ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौं, ३० जेठ । नेकपा एमाले निकट बिधार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको छ ।

हिजो राती सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । उनी जम्मा ७ मत बढी ल्याएर बिजयी भएका हुन् ।

जसअनुसार सुजनले ७३२ मत सहित उनी विजयी हुँदा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७२५ मतमा सिमित भए ।

सो सम्मेलनका लागि १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो। अध्यक्षमा कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो ।

अनेरास्ववियु २४ औ राष्ट्रिय महाधिवेशनमा

अध्यक्ष: डा.सुजन कडरिया

उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ

महासचिव : दिपक धामि

उपमहासचिव: कमल जोशी

सचिव : आकाश घर्ती

सचिव: रचना सापकोटा

सचिव : समिम बाबु

सचिव : गोपाल नेपाल

आयोग अध्यक्ष :प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी