अमेरिकाको निष्कासनमा परेका ३७ नेपाली काठमाडौं आइपुगे

अमेरिकाको निष्कासनमा परेका ३७ नेपाली काठमाडौं आइपुगे

  • आइतवार, जेष्ठ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

जेष्ठ २५, काठमाडौँ । अमेरिकाको निष्कासनमा परेका ३७ जना नेपाली नागरिक चार्टर उडानबाट आइतबार साँझ काठमाडौं आइपुगेका छन् ।

३२ पुरुष र ५ महिलालाई अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल साइन एन ४८६ एएक्सबाट नेपाल पठाएको हो । उक्त विमान भारत हुँदै बंगलादेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

अमेरिकी अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको कसुरमा दोषी ठहर भएपछि उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो ।

अमेरिकी अधिकारीहरूसहितको उक्त चार्टर विमान भारतीय र बंगलादेशी नागरिकलाई समेत सम्बन्धित देशको जिम्मा लगाएर काठमाडौं आएको हो ।

दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएर २० जनवरी २०२५ पदभार सम्हालेसँगै अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएको हो । त्यसयता अमेरिकाबाट १४० नेपाली डिपोर्टमा परिसकेका छन् । एक पटक चार्टर विमान र बाँकीलाई नियमित उडानबाट स्वदेश फर्काइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी