कञ्चनपुर, १२ जेठ । सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएको डेढ दशक अर्थात १५ बर्ष भयो, तर विश्वविद्यालयको बेरुजु बर्षनी १ करोड भन्दा बढि भएको पाईएको छ । विश्वविद्यालय स्थापना भएको बर्ष देखि डरलाग्दो बेरुजु भएको पाईएको हो ।
सुप विश्वविद्यालयको हालसम्म १७ करोड, १६ लाख बढि रकम बेरुजु देखिएको छ । गत आर्थिक बर्ष ०८०÷०८१ मा सुप विश्वविद्यालयको १७ करोड, १६ लाख, २१ हजार रकम बेरुजु देखिएको हो । केही समय अघि महालेखाले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदन अनुरुप कञ्चनपुर भीमदत्त नगरपालिका महेन्द्रनगरमा रहेकाे केन्द्रीय कार्यालय सुप विश्वविद्यालयले एक आर्थिक बर्षमा ठुलो रकम बेरुजु देखिएको छ । महालेखाको प्रतिवेदन अनुसार ५७ लाख, ५६ हजार रुपैया अशुल्नुपर्ने र १४ करोड, ६८ लाख, ३७ हजार नियमित बेरुजु देखिएको छ । सुप विश्वविद्यालयले विभिन्न योजनाको भुक्तानी कागजात बिनै पनि गरेकोे देखिएको महालेखाको प्रतिवेदनले जनाएको छ ।
विश्वविद्यालयले २ करोड,४७ लाख, ८४ हजार रुपैया बिना कागज भुक्तानी गरिएको र ७ लाख, ८३ हजार रुपैया बराबर पेश्की समेत लगिएको पाईन्छ । यसरी शिक्षा जस्तो क्षेत्रमा ठुलो रकम बेरुजु देखिएपछि विश्वविद्यालयको क्षमता र सुशासन, आर्थिक पारदर्शीतामा प्रशन उब्जाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका तत्तकालिन रजिष्ट्रार यज्ञराज पाठकले पहिलेदेखिकै बेरुजु भएको बताए । ‘पहिले आंगिक क्याम्पसले आफु अनुकुल बजेट ल्याएर खर्च गर्दा रहेछन, ‘उनले भने, ‘यतो कार्य गर्दा पनि बढि बेरुजु देखियो ।’ आफुले रजिष्ट्रारकोे नेतृत्व सम्हालेपछि विश्वविद्यालयकै मुल कोषमा जम्मा गर्ने गरेर प्रणालीको विकास गरेको बताउँदै अब बेरुजु आउने काम नियन्त्रित हुने बताए ।
प्राविधिक त्रृटी, कुनै योजनाकोे कागजात हराएको हुनसक्ने, अनि कुनै कर्मचारी, प्राध्यापकले रकम लिएर काम नगरेको हुनसक्ने हुँदा बेजुरी रकम बढेको, तिर्नुपर्नेदेखि बिना कागजातको समस्या आएको उनको भनाई छ । अब बेरुजु नआउने गरेर खर्च गर्नुपर्ने उनको सुझाव छ । विश्वविद्यालयको बेरुजु बढ्दै गएपछि कतै नीतिगत भ्रष्टाचार भयो किन कागजात मिलेन, कि लेखा परीक्षण गर्न आउने महालेखा कर्मचारीले पुर्वाग्रही भो कि भनेर विद्यार्थी, अभिभावक, सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका छन ।