डा. महेश मान श्रेष्ठलाई सम्मान

डा. महेश मान श्रेष्ठलाई सम्मान

  • आइतवार, जेष्ठ ११, २०८२
  • केके मानन्धर

  • 72.5K
    SHARES

जेठ ११ गते । नागरिक अगुवा डा. महेश मान श्रेष्ठलाई सम्मान गरेको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको २८ औं स्थापना दिवसको सन्दर्भमा उहाँलाई सम्मान गरेको हो । डा. श्रेष्ठले देशभक्तहरुको आन्दोलन, वामपन्थी र आदिवासी जनजातिको सवालदेखि सामाजिक क्षेत्रमा दिएको योगदानलाई मूल्यांकन गर्दै सम्मान गरेको हो । कार्यक्रममा डा. श्रेष्ठले नेपालमा तीन वटा धार मध्ये पश्चगामी र यथास्थितिवादी धार देशको लागि अभिशाप रहेको ठहर गर्दै नेपालमा नयाँ ढंगको संघीय जनगणतन्त्र बहाल गर्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा विभाजित रहेका बामपन्थी शक्ति एकै ठाउँमा आउँनुपर्ने उहाँको धारणा रहेको छ ।

देशघाती, भ्रष्टाचार र उत्पीडित आदिवासी जनजातिदेखि अन्य समुदायलाई दमन गरेको हुनाले देश नाजुक अवस्थामा पुगेको उहाँको आरोप छ । नेपालमा विदेशी मोडलको जनगणतन्त्र नभई नेपालको आफ्नै मौलिक शैलीको व्यवस्था लागू गर्नसके देश विकास हुने डा. श्रेष्ठको दाबी छ । कार्यक्रममा मोर्चाका अध्यक्ष पवन मान श्रेष्ठले भाषा, संस्कृति, राजनीतिक अधिकार, नेवाः स्वायत्त प्रदेश, स्वशासन र पहिचानको लागि मोर्चा गठन भएको बताउनुभयो ।

यसको लागि धेरै व्यक्तिले जीवन उत्कर्ष गरेकोदेखि बेपत्ता हुनुपरेको स्मरण गर्नुभयो । त्यसो भएपनि बामपन्थी आन्दोलनका तत्कालीन शिर्ष नेतृत्वले राष्ट्रिय र बर्गिय आत्मसमर्पण गरेकोप्रति उहाँको असन्तुष्टि रहेको छ । अहिले पुनः एकढिक्का भएर अधिकारको लागि संघर्ष गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सीपी गजुरेल, सीताराम तामाङ, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, प्रा.डा. जगदशचन्द्र, मोर्चाका उपाध्यक्ष सुरेश श्रेष्ठ, महासचिव शिव श्रेष्ठ लगायतको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी