भोजपुरको टेम्केमैयुङ–९ मा करिब १० करोडको लागतमा कृषि संकलन केन्द्र बन्ने, भारत सरकारको ९५ प्रतिशत अनुदान

भोजपुरको टेम्केमैयुङ–९ मा करिब १० करोडको लागतमा कृषि संकलन केन्द्र बन्ने, भारत सरकारको ९५ प्रतिशत अनुदान

  • मङ्लबार, साउन २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा करिब १० करोड रुपैयाँको लागतमा अत्याधुनिक कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। परियोजना निर्माणका लागि नेपाल सरकार, भारतीय दूतावास र टेम्केमैयुङ गाउँपालिकाबीच काठमाडौँमा औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार कुल ९ करोड ८८ लाख ६७ हजार ७८५ रुपैयाँ ९० पैसा लागत रहने यस परियोजनामा भारत सरकारको ९५ प्रतिशत अर्थात् करिब ९ करोड ३९ लाख २४ हजार रुपैयाँ अनुदान रहनेछ भने बाँकी ५ प्रतिशत अर्थात् करिब ४९ लाख ४३ हजार रुपैयाँ गाउँपालिकाले व्यहोर्नेछ। समझदारीपत्रमा नेपाल सरकारका उपसचिव होमनाथ काफ्ले, भारतीय दूतावासका विकास साझेदारी काउन्सिलर अविनाश कुमार सिंह र टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले हस्ताक्षर गर्नुभएको हो।

१५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको निर्माण तथा व्यवस्थापनको जिम्मेवारी गाउँपालिका स्वयंले लिनेछ। कार्यप्रगतिका आधारमा ६ किस्तामा अनुदान रकम निकासा हुने र परियोजनाको गुणस्तर कायम राख्न नेपाल सरकार, भारतीय दूतावास, जिल्ला समन्वय समिति र गाउँपालिकाका प्रतिनिधिहरू सम्मिलित अनुगमन समिति समेत गठन गरिनेछ।

यो केन्द्र निर्माणपछि स्थानीय कृषि उत्पादनको संकलन, बजारीकरण र बिक्री प्रक्रिया व्यवस्थित भई कृषकहरू सिधै बजारसँग जोडिनेछन्। यस आयोजनाबाट टेम्केमैयुङ गाउँपालिकाका साथै समग्र भोजपुर र छिमेकी जिल्ला खोटाङका कृषकहरू समेत प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी