कञ्चनपुरकाे महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालनमा

कञ्चनपुरकाे महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालनमा

  • शुक्रबार, जेष्ठ २, २०८२
  • डम्मर दत्त भट्ट

  • 10.6K
    SHARES

कञ्चनपुर,जेठ २ । कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय संचालनमा आएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर जानकी टोलमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालनमा आएको हो ।
गत बर्ष ०८१मा दर्ता भएपनि चालु शैक्षिक सत्र ०८२देखि विद्यालय संचालनमा आएको जनाएको छ । दुई कराेड प्रन्ध् लाख लगानीमा आधुनिक एसि सहित शिशु, बालबालिका विद्यार्थीहरु अध्ययनका लागि कक्षा कोठा निर्माण गरिएका छन ।
मदरल्याण्ड मण्टेश्वरी विद्यालयकी प्रिन्सिपल सरस्वती चन्द(भट्ट)ले मण्टेश्वरीको अवधारणा अनुरुप गुणस्तरिय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।
प्रिन्सिपल सरस्वतीका अनुसार अग्रेजी माध्यमबाट हाल पुर्व प्राथमिक कक्षा बाल विकास, नर्सरी, एलकेजी, यूकेजी र कक्षा १सम्म मात्रै पठन पाठन हुनेछ । हालसम्म ७५ विद्यार्थी भर्ना भएका छन । विद्यार्थी ओसार्नका लागि छुट्टै एउटा यातायात भ्यानकाे सुविधा समेत रहेको छ । ‘हामीले अभिभावक, बालालिकाको आवश्यता र औचित्यताका आधारमा कक्षा संचालन गरेका छौँ, ‘प्रिन्सिपल सरस्वतीले भनिन, ‘गुणस्तरिय शिक्षा प्रदान गर्ने हाम्रो मुल उदेश्य छ ।’


अहिले ८ शिक्षिका र ४ कर्मचारी रहेका छन । मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालक समितिका अध्यक्ष नरेन्द्र राज जोशीले शिक्षामा शैक्षिक गुणस्तर बृद्धि गर्दैै दक्ष जनशक्ति उत्पादनका लागि मण्टेश्वरी विद्यालय संचालनमा ल्याएको बताए । अध्यक्ष जोशीले आफ्नै जमिनमा निर्माण भएको आधुनिक एसि जडित भवनमा कक्षा संचालन हुनेछ । बालमैत्री अनुरुप कक्षा संचालन गरेर विद्यार्थीलाई भरपुर शिक्षा प्रदान गरिने बताए । ‘अहिले हामीले यही स्थानमा मण्टेश्वरी कक्षा संचालन गर्नेछौँ, ‘उनले भने, ‘भावि दिनमा माथिल्ला कक्षा संचालन गरे छुट्टै स्थानमा संचालन गछौँ ।’ मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालक प्रेमराज पनेरु(पुष्कर)ले अभिभावकको आवश्यकता अनुरुप विद्यालय संचालन गरेर शैक्षिक गुणस्तर बृद्धि विकासलाई केन्द्रीत गरेर विद्यालयमा सचालनमा आएको बताए ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी नेपाल पत्रकार महासंघ कञ्चनपुरकी उपाध्यक्ष धर्मा रोकायाले शैक्षिक गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताईन । शनिबार विद्यालयको भीमदत्त नगरका मेयर पदम बोगटीले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कञ्चनपुर जिल्लामै विद्यालयलाई नमुना मण्टेश्वरी बनाएर अघि बढ्ने संचालकहरुको सकंल्प रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी