एजेन्सी । भारतीय सेनाले मध्य राति पाकिस्तानको कास्मीरका विभिन्न स्थानमा गरेको हवाई आक्रमणको बिरुद्ध प्रत्याक्रमण गरेको पाकिस्तानी सेनाले जनाएको छ ।
अप्रेसन सिन्दुरका नाममा भारतीय सेनाले राति १ बजेदेखि हवाई हमला गरेको थियो ।
त्यसपछि पाकिस्तानी सेनाले एन्टी एयरक्राफ्ट र मिसाईलको प्रयोग गरेर पाकिस्तानी जमिनमा आक्रमण गर्ने पाँच वटा लडाकु विमान खसालेको सञ्चार मन्त्री अतुल्लाह तरारले बताएका छन् ।
उनले भनेका छन् , २ बजेर ४५ मिनेटमा दुई वटा, ३ बजेर ४२ मिनेटमा तेस्रो र करीब बिहान ५ बजेतिर चौथो र पाँचौँ भारतीय विमान खसालीएको छ ।
साथै दर्जनौँ ड्रोन, एलओसीमा रहेको भारतीय सैन्य चेकपोष्ट र ब्रिगेड डेडक्वार्टर पनि ध्वस्त पारिएको पाकिस्तानी सेनाका प्रवक्ताका अनुसार फ्रान्सबाट भारतले ल्याएको तीन वटा राफेल लडाकु विमान, रुसबाट ल्याएको सुखोई ३० र मिग २९ विमान खसालिएको छ ।
्यो आक्रमणमा ८ जनाले शहादत प्राप्त गरेको , दुई जना वेपत्ता भएको र ३५ जना घाईते भएको पाकिस्तानले जनाएको छ ।
तर भारतले तीस जना मारिए सञ्चार माध्यमले तीस जना मारिएको दाबी गरेको छ ।
भारतीय हमलाको समिक्षा गरेर नयाँ निर्णय गर्न प्रधानमन्त्री शहबाजले १० बजे राष्ट्रिय सुरक्ष्ााँ समितिको बैठक बोलाएको पाकिस्तानले जनाएको छ ।