आजबाट खुल्यो सामुदायीक बिद्यालय, भर्ना हुन थाले बालबालिका

आजबाट खुल्यो सामुदायीक बिद्यालय, भर्ना हुन थाले बालबालिका

  • शुक्रबार, बैशाख १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

१९ वैशाख, काठमाडौं । लामो शिक्षक आन्दोलन सहमतिमा टुगिंए पछि आजदेखि विद्यालय खुलेका छन् । बुधबार सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि शिक्षकहरु फर्किएसँगै बिद्यालय सुचारु भएको हो ।

बिहीबार सार्वजनिक बिदा भएकाले आजदेखि विद्यालयमा भर्ना अभियान सुरु गरिएको विद्यालयका काठमाडौंका सरकारी विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् । ‘नयाँ विद्यार्थी भर्नाको लागि आएका छन् । आज मात्र ८० जना नयाँ विद्यार्थी भर्ना भएका छन्,’ पद्मकन्या माध्यामिक विद्यालयकी प्रधानाध्यापक रिता तिवारीले भनिन्, ‘आज बुक फ्रि–फ्राइडे हो । विद्यार्थीहरू आएर अतिरिक्त गतिविधिमा सहभागी भएका छन् ।’

पद्मकन्यामा १० कक्षासम्म ५ सय विद्यार्थी अध्ययनरत छन् ।

जनविकास माध्यामिक विद्यालयका प्रधानाध्यापक अनिल झाले पनि विद्यालय सञ्चालन भएको बताए । ‘आजदेखि विद्यालय खुलेको छ । विद्यार्थी भर्नाका लागि आइरहेका छन्,’ झाले भने । उनका अनुसार अघिल्लो वर्ष करिब साढे ४ सय विद्यार्थी थिए ।

ज्ञानोदय माध्यामिक विद्यालयकी प्रधानाध्यापक विष्णु रिमाल पनि भर्नाका लागि नयाँ विद्यार्थी आइरहेको बताउँछिन् । ‘भर्नाको लागि विद्यार्थी आइरहेका छन्,’ उनले भनिन् । गत वर्ष ज्ञानोदयमा ४ हजार ७ सय विद्यार्थी थिए ।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशैभर विद्यार्थी भर्ना अभियान सुरु भएको छ । सामुदायिक विद्यालयमा ढिला गरी भर्ना सुरु भएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ विद्यार्थीको भर्नामा प्रभावित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी