१८ वैशाख, काठमाडौं । सरकारसँग भएको सहमतिबारे जानकारी गराउन पुगेका नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदी प्रहरीको सहयोगमा बाहिरिएका छन् ।
नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा सहमतिबारे जानकारी गराउने कार्यक्रम राखिएको थियो ।
कार्यक्रमस्थलमा पुगेका महासंघका अध्यक्ष सुवेदी नाराबाजी भएपछि प्रहरीको समन्वयमा बाहिरिएका हुन् ।
सरकारसँगको सहमतिबारे असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाएका थिए ।
उनीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
जसका लागि अहिले विद्यालय कर्मचारी परिषद्का सदस्यहरू छलफलमा जुटेका छन् ।
सरकारसँग शिक्षक महासंघले गरेको सहमतिपछि विद्यालय शिक्षक कर्मचारीहरू असन्तुष्ट बनेका छन् ।
बिहीबार सरकारसँग भएको सहमतिबारे सार्वजनिक गर्न रत्नराज्य माध्यमिक विद्यालयमा भएको कार्यक्रममा उनीहरूले विरोध जनाएका छन् ।
लगत्तै अहिले विद्यालय कर्मचारी परिषद्का सदस्यहरू छलफलमा जुटेका छन् । उनीहरूको अहिले रत्नराज्य माध्यमिक विद्यालयमा छलफल जारी छ ।
केहीबेर अघि उनीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै विरोध जनाएका थिए ।