आगामी दुई दिन भित्र भारतले पाकिस्तानमाथि आक्रमण गर्न सक्ने चेतावनी

आगामी दुई दिन भित्र भारतले पाकिस्तानमाथि आक्रमण गर्न सक्ने चेतावनी

  • बुधबार, बैशाख १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी । अप्रील २२ मा भारत नियन्त्रित कास्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि आक्रोशित भारतले आगामी दुई दिन भित्र पाकिस्तानमाथि आक्रमण गर्न सक्ने पाकिस्तानी अधिकारीहरुले चेतावनी दिएका छन् ।

भारतले जल, थल र वायुसेनालाई उच्च तयारी अवस्थामा राखेको छ । उता पाकिस्तानले पनि भारतको कुनै पनि उत्तेजक कार्बाहीको प्रत्याक्रमण गर्ने सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

दुबै देशले एलओसीमा भारी मात्रामा सेना, हतियार तैनाथ गरेका छन् । सीमामा दैनिक गोली हानाहान पनि चलिरहेको छ ।

पाकिस्तानका सञ्चारमन्त्री आयातुल्लाह तरारले सामाजिक सञ्जाल एक्समा मंगलबार बेलुका पोष्ट गर्दै आगामी २४ देखि ३६ घण्टा भित्र भारतले हमला गर्न सक्ने विश्वस्त गुप्तचर सुचना प्राप्त भएको दाबी गरेका छन् ।

भारतीय सेनालाई आतंकवाद बिरुद्ध कुनै पनि कार्बाहीका लागि सरकारले छुट दिएको छ ।

२२ अप्रीलमा २६ जनाको ज्यान जाने गरी भएको हमला पछि भारतले यो घटनाको पछि पाकिस्तानको हात रहेको दाबी गर्दै आएको छ । जुन कुराको पाकिस्तानले खण्डन गर्दै आएको छ ।

भारतले यो घटना लगत्तै सिन्धु जल सन्धि रद्ध गरेको छ भने पाकिस्तानी नागरिकहरुको भिसा रद्ध गरेको छ । उता पाकिस्तानले पनि काउन्टरमा भारतसँगको व्यापार निलम्बन गर्नुका साथै भारतीय नागरिकहरुको भिसा रद्ध गरेको छ ।

भारत पाकिस्तानबीच कुनै पनि समय युद्ध हुने खतरा देखेर सँयुक्त राष्ट्रसंघ, चीन, साउदी अरेबिया लगायत देश र अन्तराष्ट्रिय संस्थाहरुले संयमता अपनाउन अपील गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी