कोशीको चुरे फेदीतिर नाच्दै, गाउँदै माओवादी…

कोशीको चुरे फेदीतिर नाच्दै, गाउँदै माओवादी…

  • बिहिबार, बैशाख ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

विराटनगर, ११ वैशाख । कोशी प्रदेश माओवादी केन्द्रले चुरे तराई लक्षित जनसाङ्गितिक ९ दिने अभियान सुरु गरेको छ । माओवादीको केही दिन अगाडि बसेको प्रदेशको सचिवालय बैठकले अभियान चलाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार बुधबार उदयपुरको कटारी बजारबाट ‘चुरे तराई जनसाङ्गितिक अभियान’ सुरु भएको हो । अभियानको माओवादी उपमहासचिव तथा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले उद्घाटन गरेका हुन् ।

अभियान अन्तर्गत बिहीबार उदयपुरको गाइघाट बजारमा कार्यक्रम गरिएको माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले बताए । यस्तै वैशाख १२ गते उदयपुरको बेल्टार, वैशाख १३ गते सुनसरीको धरान, वैशाख १४ गते मोरङको केराबारी बजार, वैशाख १५ गते मोरङको मधुमल्ला बजार मिक्लाजुङ, वैशाख १६ गते इलामको चुलाचुली, वैशाख १७ गते झापाको बुद्धशान्तिमा र वैशाख १८ गते झापाको बाहुनडाँगीमा गएर टुंगिने उनले बताए ।

अभियानका क्रममा जनसांस्कृतिक महासंघ कोशी प्रदेशका कलाकारहरुले पार्टीको पक्षमा निर्माण गरिएका नाटक, गीत तथा सामूहिक नृत्य र कविताहरु सुनाउने गरेका छन् । प्रदेश समितिको आयोजनामा गरिएको कार्यक्रमलाई स्थानीय पार्टीले व्यवस्थापन गरिरहेको नेम्वाङ्ले बताए । सांस्कृतिक अभियानमा कलाकारको तर्फबाट भने फ्याक्सन इन्चार्ज राकेश किराँती, अनुशा राईलगायतले नेतृत्व गरेका छन् । कार्यक्रममा १–२ जना मात्रै वक्ता राखिएको र पाँच वटासम्म गीत नृत्य तथा अबको बाटो शीर्षकमा नाटक प्रस्तुती हुने नेम्वाङले बताए ।
उद्घाटन समारोह उत्साहजन रहेको र गर्मीको बीचमा पनि स्थानीयहरु स्वतःस्फूर्त आएको नेम्वाङ्को दाबी छ । ‘हामीले गाडीबाट मानिस ओसार्ने भनिएको छैन । कार्यक्रम राख्ने भनेर प्रचार गरिएको छ । मानिसहरु स्वतःस्फूर्त आएका छन् । कार्यक्रम उत्साहजनक भएको छ,’ उनले भने ।

माओवादीले यसअघि तराई मधेश हुलाकी राजमार्ग लक्षित कार्यक्रम संचालन गरेको थियो । सो पार्टीले आगामी ८४ को निर्वाचनमा ठूलो पार्टी बनाउने उद्देश्यका साथ अभियान संचालन गरेको हो । अभियानका क्रममा प्रचण्ड नेतृत्वको सरकारको पालामा भ्रष्टाचारीहरु समातेको, सुशासनको सुरुवात गरिएको, सामाजिक न्यायको लागि काम गरिएको र अन्तराष्ट्रिय फोरमहरुमा देशका तर्फबाट दह्रो कुराहरु राखेको बताउने गरेको छ । यस्तै राजावादीहरुले चलाएका भ्रमहरुलाई पनि चिर्ने प्रयास भएको नेम्वाङ बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी