शिक्षकहरूको आन्दोलनप्रति माओवादी केन्द्र सम्पर्क समन्वय समितिको ऐक्यबद्धता

शिक्षकहरूको आन्दोलनप्रति माओवादी केन्द्र सम्पर्क समन्वय समितिको ऐक्यबद्धता

  • शुक्रबार, चैत्र २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, २९ चैत ।  नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय समितिले शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । समितिले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकहरूले उठाएका जायज मागहरूलाई यथाशीघ्र वार्ता र संवाद मार्फत हल गर्न पनि नेपाल सरकारलाई आग्रह गरेको छ ।
अध्यक्ष श्रीकृष्ण अधिकारी विवेकले विज्ञप्ती जारी गरि नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरिका सरकारी तथा सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरू विद्यालय शिक्षा ऐनको माग गर्दै मिति २०८१ चैत्र २० गतेदेखि जारी राखेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउर्दै शिक्षक कर्मचारीका जायज मागहरु सम्बोधन गर्न माग गरेका छन् । शिक्षकहरूसँग पटकपटक भएका सम्झौताहरू सरकारले कार्यान्वयन नगरेको र गुणस्तरीय तथा सर्वसुलभ विद्यालय शिक्षा प्रत्यक्ष अनुभुत हुनेगरी स्पष्ट नीति र संरचना सहित विद्यालय शिक्षा ऐन जारी गर्न सरकारवाट भइरहेको दिलाईका कारण वाध्यतावश शिक्षकहरू सडक आन्दोलनमा उत्रन परेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समिति शिक्षकहरूको जापज आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दछ।’

साथै सम्पर्क समन्वय प्रदेश समितिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकार र नेपाल नेपाल शिक्षक महासंघ बीच मिति २०८० असोज ६ गते भएको ६ बुँदे सहमति र असोज १२ गते भएको ५ बुँदे सहमती कार्यान्वयन गर्न पनि माग गरेको छ ।

विज्ञप्तीमा निएको छ, ‘उक्त सहमती अनुसार सरकारी तथा सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षक एवं कर्मचारीहरूको सेवा, सुरक्षा, समान, सुविधा, वृत्ति विकास समायोजन र स्थायित्व लगायतका विषयहरुमा स्पष्ट व्यवस्था गर्ने प्रतिवद्धता सहित भएका सहमतिलाई कार्यान्वयन गर्न गठित प्राविधिक समितिहरूले यसअघि नै तयारी गरिसकेको अवस्थामा प्राविधिक समितिले तयार गरेका विषयहरू विद्यालय शिक्षा ऐन मार्फत संस्थागत गर्न वर्तमान सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहान्छौ ।’

सरकारले अविलम्ब संसद अधिवेशन बोलाएर फास्ट ट्रयाकवाट विद्यालय शिक्षा ऐन जारी गर्न पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी