वार्तामा बस्न आन्दोलनरत शिक्षकहरुले राखे तीन शर्त

वार्तामा बस्न आन्दोलनरत शिक्षकहरुले राखे तीन शर्त

  • बुधबार, चैत्र २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

२७ चैत, काठमाडौं । सरकारले बोलाएको वार्तामा बस्न शिक्षक महासंघले तीन सर्त अघि सारेको छ । अहिलेको अवस्थामा संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश मार्फत् शिक्षा ऐन जारी गर्नुपर्ने सर्त महासंघले राखेको हो । अन्यथा वार्तामा बस्नुको औचित्य नहुने महासंघले जनाएको छ ।

शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै आम शैक्षिक हड्ताल आह्वान गरेर काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका शिक्षकहरुलाई सरकारले मंगलबार बार्तामा बोलाएको थियो ।

महासंघले विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा वार्ता गर्नुको औचित्य नभएको बताएको छ । अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गरेका हुन् ।

देशभरका हजारौँ शिक्षक काठमाण्डौँमा भेला भएर आन्दोलन गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी